ट्रम्पलाई चीनको जवाफः रोकियाे सैन्यजहाजकाे हङकङ यात्रा, अमेरिकी एनजीओमाथि कडाइ

ट्रम्पलाई चीनको जवाफः रोकियाे सैन्यजहाजकाे हङकङ यात्रा, अमेरिकी एनजीओमाथि कडाइ

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ८:९,

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा मानवअधिकार तथा लोकतन्त्रसम्बन्धी ऐनमा हस्ताक्षर गरेको जवाफस्वरुप अमेरिकी गैरसरकारी संस्था (एनजीओ) हरुमाथि कडाइ गर्ने र सैन्य जहाजहरुको हंगकंग यात्राको अनुमति नदिने भएको छ।

ट्रम्पले हङकङमा मानवअधिकार उल्लंघन गर्ने अधिकारीहरुमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेको एक हप्तापछि चीनले यो अमेरिकी एनजीओहरु र सैन्य जहाजहरुमाथिको कदम लिएको हो।

साउथ चाइना मर्निंग पाेष्टका अनुसार, चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकी सैन्य जहाजहरुसम्बन्धी अनुरोधलाई वेइजिङले तत्काल रोकेको बताएकी छन्। ट्रम्पले सो कानुनमा हस्ताक्षर गरेकै कारण चीनले सो कदम चाल्नुपरेको उनले बताएकी छन्।

हुवाले ‘हङकङमा हिंसात्मक गतिबिधिमा सहयोग गर्ने’ ह्युमन राइट्स वाच लगायतका केही एनजिओहरु माथि चीनले प्रतिबन्ध लगाएको बताइन्।

ट्रम्पले सो कानुन अनुमोदन गरेलगत्तै चीनले त्यसको कडा जवाफ दिने भनि तत्काल प्रतिक्रिया जनाएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .