विश्वका शीर्ष पाँच प्रतिस्पर्धी अर्थतन्त्रको सूचीमा हङकङ

विश्वका शीर्ष पाँच प्रतिस्पर्धी अर्थतन्त्रको सूचीमा हङकङ

नेपालखबर
असार २, २०७९ बिहिबार १४:५, काठमाडौँ

हङकङ विश्वका प्रमुख पाँच प्रतिस्पर्धी अर्थतन्त्रमा अटाएको छ।

अघिल्लो वर्षको तुलनामा दुई स्थान सुधार गर्दै हङकङ शीर्ष पाँचभित्र अटाएको हो।

आईएमडी वर्ल्ड कम्पेटिटिभनेस र्‍यांकिङले सार्वजनिक गरेको सूचीमा विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्रमा डेनमार्क शीर्षस्थानमा छ भने स्वीट्जरल्याण्ड दोस्रोमा छ। 

आईएमडी वर्ल्डले सम्बन्धित मुलुक तथा क्षेत्रको नीति र दीर्घकालीन योजनाको आधारमा यो सूची सार्वजनिक गर्दै आएको छ।

सूचीअनुसार तेस्रो स्थानमा सिंगापुर छ। सिंगापुर एसियाकै सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्र बनेको छ। सिंगापुर पनि अघिल्लो वर्षको तुलनामा दुई स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेको हो। 

यस वर्षको वरीयतामा चीन १७ औं स्थानमा झरेको छ। पछिल्लो समय कमजोर आर्थिक अवस्थाको कारण चीन वरीयतामा पछि परेको हो। ताइवान भने सूचीको सातौं स्थानमा छ। अमेरिका वरीयताको १० औं स्थानमा छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .