हङकङमा ८० प्रतिशतसम्म बढ्यो क्वारेन्टिन होटलको शुल्क

हङकङमा ८० प्रतिशतसम्म बढ्यो क्वारेन्टिन होटलको शुल्क

नेपालखबर
असार १२, २०७९ आइतबार १०:६, काठमाडौँ

हङकङका ४० भन्दा धेरै क्वारेन्टिन होटलले आफ्नो शुल्क क्वारेन्टिन होटलको योजना सार्वजनिक गरिएयता ८० प्रतिशतसम्म बढाएका छन्।

पछिल्लो समय बाहिरबाट आउने मानिसको संख्या बढेसँगै हङकङका होटलहरुले भाडा शुल्क पनि बढाएका हुन्। मानिसका संख्या बढेसँगै  क्वारेन्टिन होटलमा कोठा  पाउन पनि मुश्किल पर्न थालेको छ। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार मानिसहरुले क्वारेन्टिनमा बस्ने होटल पाउन नसकिरहेको अवस्थामा शुल्क पनि बढेपछि उनीहरु थप मारमा परेका हुन्। हङकङ सरकारले तोकेको क्वारेन्टिन होटलमा जुलाई र अगष्ट महिनासम्मको लागि क्वारेन्टिन होटल बुक भइसकेका छन्। 

सन् २०२० को डिसेम्बरमा १२ हजार कोठाबाट सुरु गरिएको क्वारेन्टिन होटल अहिले बढाएर २३ हजार कोठामा पुर्‍याइएको छ। आगामी अगष्ट र अक्टोबरको बीचमा यो संख्या बढाएर २४ हजार पुर्‍याउने लक्ष्य राखिएको छ। शुक्रबार मात्र सरकारले थप तीन होटललाई क्वारेन्टिन होटलको रुपमा राख्ने निर्णय गरेको थियो।

पहिलो चरणमा औसतमा दैनिक ४८६ मानिसहरु हङकङ आउने गरेका थिए। जतिबेला १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो। अहिले भने यो संख्या बढेर औसतरुपमा दैनिक २ हजार ७४९ जना मानिसहरु हङकङ आउने गरेका छन्। हङकङ आउने मानिसको संख्या घट्नुको एउटा कारण अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम ७ दिनमा झारिनु पनि हो। 

मानिसको संख्या बढेसँगै हङकङका क्वारेन्टिन होटलले भाडा पनि बढाएका हुन्। विशेषगरी हङकङमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरु फर्किन थालेको र चिनियाँ नागरिकहरु पनि बेइजिङबाट उडानमा कडाइ गरिएको कारण अन्तर्राष्ट्रिय यात्राको लागि हङकङ आउने गरेकाले क्वारेन्टिन होटलको माग पनि बढेको हो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .