हङकङ दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला

हङकङ दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला

नेपालखबर
असार २०, २०७९ सोमबार ६:५८, काठमाडौँ

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ।    

सुरुको प्रदर्शनीमा बेइजिङको दरबार सङ्ग्रहालयले सङ्कलन गरेको ९०० भन्दा बढी प्राचीन, सांस्कृतिक तथा सार्वजनिक महत्वका सामग्रीहरूलाई देखाइनेछ। यसमध्ये केही सामग्री हङकङमा पहिलो पटक प्रदर्शन भइरहेका छन्।   

सुरुको प्रदर्शनीको सुरुको चार हप्ताका लागि करिब एक लाख ४० हजार टिकटमध्ये ८० प्रतिशत टिकट बिक्री भइसकेको सङ्ग्रहालय प्रशासनले जनाएको छ।

हङकङ सरकारको संस्कृति, खेलकुद र पर्यटनमन्त्री केभिन योङले भने, “सङ्ग्रहालयले चीनको असल इतिहास (कथा) सुनाउन हङकङको आफ्नै सांस्कृतिक विषयबाट पनि लाभ लिनेछ।” 

सङ्ग्रहालयले सामान्य प्रवेशको मूल्य ५० हङकङ डलर (लगभग ६.३७ अमेरिकी डलर) तय गरेको छ भने विशेष प्रदर्शनी टिकट १२० हङकङ डलर (१५.२९ अमेरिकी डलर) तय गरेको छ।

संग्रहालय उद्घाटनको पहिलो वर्षका सबै बुधबार सबैका लागि प्रवेश निःशुल्क गरिनेछ। साथै संस्थागत तथा अन्य संगठनले एक लाख ५० हजार सामान्य प्रवेश टिकट कम विशेषाधिकार प्राप्त समूहलाई वितरणका लागि प्रायोजित गर्ने संग्रहालयले बताएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .