नोभेम्बरदेखि शर्तसहित क्वारेन्टिनको नियम हटाउँदै हङकङ

नोभेम्बरदेखि शर्तसहित क्वारेन्टिनको नियम हटाउँदै हङकङ

नेपालखबर
असार २९, २०७९ बुधबार १०:२८, काठमाडौँ

हङकङका नयाँ स्वास्थ्यमन्त्री लो चुङ माउले आगामी नोभेम्बरदेखि शर्तसहित क्वारेन्टिनको नियम हट्न सक्ने बताएका छन्।

विश्वव्यापी बैंकर सम्मेलनमा क्वारेन्टिनरहित भ्रमणको नियम आउन सक्ने उनले बताएका हुन्। उनले हङकङमा एक मुलुक, दुई प्रणालीको व्यवस्था रहेकाले बेइजिङकै नीति लागू नहुने पनि स्पष्ट पारेका छन्। 

एक अन्तर्वार्ताको क्रममा स्वास्थ्यमन्त्रीले आफू हङकङमा पुनः कडा किसिमको भौतिक दुरीको नियम कार्यान्वयन गर्नुपर्छ भन्ने पक्षमा नरहेको बताएका छन्। उनले आफू कोभिड–१९ नियन्त्रणको कडा  नियमको विपक्षमा रहेको बताएका हुन्। 

स्वास्थ्यमन्त्री लोले चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि हङकङलाई मौलिक विशेषता र रणनीति अपनाउन सुझाव दिएको र त्यसैलाई आधार मान्दै हङकङले आफ्नै रणनीतिको प्रयोग गर्ने बताए। 

मेनल्याण्डको जनसंख्या, मेडिकल संरचना र खोप दर फरक रहेकाले उसले हङकङलाई आफ्नै नीति लागू गर भन्न नमिल्ने पनि उनले स्पष्ट पारे। 

हङकङमा अनिवार्य क्वारेन्टिनको नियमको कारण आर्थिक हिसाबमा पनि ठूलो नोक्सानी भइरहेको र वित्तीय हबको दर्जा पनि गुमाउन सक्ने भन्दै आशंका भइरहेको समयमा स्वास्थ्यमन्त्रीले यस्तो बताएका हुन्।

उनले हङकङमा व्यवसाय गर्न चाहनेका लागि पनि सहज हुने किसिमको व्यवस्था गरिने पनि बताए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .