हङकङमा अन्तर्राष्ट्रिय यात्रुहरुका लागि कोभिड–१९ क्वारेन्टिनको नियम खुकुलो पार्ने घोषणा गर्न बोलाइएको पत्रकार सम्मेलन रद्ध गरिएको छ। प्राविधिक समस्या हल हुन नसकेको भन्दै शुक्रबार तय भएको पत्रकार सम्मेलन स्थगित भएको हो।
तीन बजे पत्रकार सम्मेलनअघि बिहान प्रमुख कार्यकारी ली का चिउ र कार्यकारी परिषदलाई सल्लाहकारहरुले ब्रिफिङ दिने कार्यक्रम थियो। तर, सो ब्रिफिङ पनि रोकियो।
‘अझै पनि प्राविधिक मुद्दाहरु समाधान भएका छैनन्,’ एक सरकारी स्रोतले भन्यो।
स्रोतका अनुसार स्वास्थ्य विभागका अधिकारीहरुले क्वारेन्टिन होटल सञ्चालकहरुलाई भेट्ने कार्यक्रम थियो। त्यो पनि रद्ध भयो।
पत्रकार सम्मेलन कहिले हुन्छ, टुंगो लागेको छैन।
पछिल्लो दिन हङकङमा ४ हजार ४२८ नयाँ संक्रमण पुष्टि भएको छ। जसमा २०५ आयातीत छन्। हङकङमा हालसम्म ९ हजार ५२४ जनाले ज्यान गुमाइसकेका छन्। एससीएमपी
Shares
प्रतिक्रिया