हङकङका विश्वविद्यालयहरुमा विद्यार्थी भर्नादर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
अहिलेसम्मकै सबैभन्दा कम आवेदन परेको समयमा भर्नादर भने उच्च देखिएको हो।
मंगलबार शैक्षिक परामर्शदाताहरुले सरकारले ल्याएको नयाँ नीतिको कारण भर्नादरमा वृद्धि आएको बताएका छन्। पछिल्लो समय वद्यार्थीहरुमा विदेश पढ्न जाने मोह बढेसँगै युनिभर्सिटीहरुले विद्यार्थीहरुलाई नयाँ नयाँ अफरहरु पनि ल्याएका छन्।
यसअघि नै विदेश जानेको संख्या बढेसँगै हङकङका युनिभर्सिटीमा त्यति धेरै संख्यामा विद्यार्थी नआउने आशंका थियो। सोही आशंकाको कारण नै युनिभर्सिटीहरुले नयाँ अफर ल्याएका थिए।
हङकङका शैक्षिक परामर्शदाता एनजी पो शिङका अनुसार ३९ हजार ५२३ आवेदकमध्ये १५ हजार ८५७ जनाले युनिभर्सिटीहरुमा भर्ना पाएका छन्।
यो संख्या समग्र आवेदनको ४०.१ प्रतिशत हो। ब्याचलर डिग्री कोर्सका लागि मा भर्ना हुने दर पनि ३९ प्रतिशत छ। यो भर्नादर सन् २०१२ यताकै उच्च हो।
गत वर्षको भर्नादर ३८ .१ प्रतिशत थियो।
प्रतिक्रिया