विद्यार्थीहरुको संख्या घट्न थालेपछि हङकङका स्कुलहरुले ६७ वटा प्राइमरी वान कक्ष कटौती गरेका छन्। आप्रवासन र कोभिड महामारीका कारण विद्यार्थी संख्या घटेको जनाइएको छ।
शुक्रबार कमिटी अन होम सकुल कोअपरेसनले प्रकाशित गरेको ५११ वटा प्राइमरी स्कुलको तथ्यांकले यस्तो देखाएको छ।
सो तथ्यांकअनुसार ६२ वटा स्कुलले नयाँ शैक्षिक सत्रका लागि ६७ वटा प्राइमरी वान कक्षा कटौती गरेका छन्। त्यसमध्ये पाँच विद्यालयले दुई वटा कक्षा बन्द गरेका हुन्।
ती ६२ स्कुलमध्ये ९ वटा तुएन मुनमा, ६ वटा इस्टर्न डिस्ट्रिक्ट र ६ वटा वङ ताइ सिनमा छन्।
प्रायः स्कुलले एउटा कक्षामा २५ विद्यार्थी राख्ने गर्छन्। त्यस हिसाबले कक्षा कटौतीको अर्थ एक हजार ६७५ विद्यार्थीको सिट घटेको देखिन्छ।
भर्ना हुने विद्यार्थीको संख्या कम हुँदा २५ स्कुलले भने यो शैक्षिक सत्रमा एउटा मात्र प्राइमरी वान कक्षा सञ्चालन गर्न सक्ने देखिएको हो।
शिक्षा ब्युरोका अनुसार यो वर्ष ५८ हजार ५ सय विद्यार्थीले प्राइमरी वानमा अध्ययन गर्ने आकलन गरिएको छ। ब्युरोका अनुसार अक्टोबर २०२० देखि सेप्टेम्बर २०२१ सम्ममा ३० हजार ५१५ विद्यार्थीले हङकङका स्कुल छाडेका थिए। त्यसमध्ये ५ हजार किन्डरगार्टेनका र प्राइमरी र सेकेन्डरीका १० हजार र १५ हजार छन्। एससीएमपी
Shares
प्रतिक्रिया