हङकङमा विष्फोटक पदार्थ र हातहतियारसहित संगीतकार पक्राउ

हङकङमा विष्फोटक पदार्थ र हातहतियारसहित संगीतकार पक्राउ

नेपालखबर
भदौ २०, २०७९ सोमबार ११:३५, काठमाडौँ

हङकङकमा विष्फोटक पदार्थ र विभिन्न किसिमका हातहतियारसहित एक संगीतकार पक्राउ परेका छन्।

हङकङ प्रहरीले उनले स्टोरेज युनिटमा छापा मार्दा त्यहाँबाट बम बनाउन प्रयोग हुने विष्फोटक रासायनिक पदार्थ, टाइम डिले फ्युज र दर्जनभन्दा धेरै नङ प्याक गरिएको प्लास्टिक ट्युबहरु फेला परेको थियो।

आइतबार प्रहरीले विष्फोटक पदार्थ तथा अन्य हातहातियारसहित ३१ वर्षीय व्यक्ति पक्राउ परेको उल्लेख गरेको छ। साउथ चाइना मर्निङ पोस्टले भने ती व्यक्ति हङकङ सिन्फोनिएटाका ट्रम्पेट प्लेयर रहेको उल्लेख गरेको छ। 

प्रहरीका अनुसार छापा मार्ने क्रममा १० किलो नाइट्रेट र सल्फर, पाँचगुणा ढिलो बनाउन सकिने फ्युज, नङले भरिएको ३५ ट्युबका साथै तीन चक्कु, दुई बञ्चरो र एउटा बेसबल ब्याटसमेत फेला पारेको थियो।

उनले हुङ होममा घर भाडामा लिएका थिए। होक युएन स्ट्रिटमा रहेको भवनभित्र उक्त स्टोरेज राखिएको थियो। 

स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त स्टोरमा यी विष्फोटक पदार्थहरु कम्तीमा पनि केही महिनादेखि राखिएको हुन सक्ने देखिएको छ।

प्रहरीका अनुसार अहिले पक्राउ परेका तीन व्यक्तिमाथि विष्फोट गराउने प्रयास गरेको वा मानिस वा कसैको सम्पत्तिमा नोक्सानी पु¥याउने उद्देश्यका साथ विष्फोटक सामग्री लुकाएको आरोपमा मुद्दा चलाएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .