हाउजिङ निर्माणस्थलमा टावर क्रेन खस्दा हङकङमा दुईजनाको मृत्यु

हाउजिङ निर्माणस्थलमा टावर क्रेन खस्दा हङकङमा दुईजनाको मृत्यु

नेपालखबर
भदौ २२, २०७९ बुधबार १४:२४, हङकङ

हङकङको एक पब्लिक हाउजिङको निर्माणस्थलमा एउटा टावर क्रेन खस्दा त्यहाँ काम गरिरहेका दुई कामदारको मृत्यु भएको छ।

बुधबार हङकङको साउ माउ पिङस्थित एन्डरसन रोडमा भएको उक्त घटनामा परी थप सातजना मानिसहरु घाइते भएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार उक्त घटनामा परी घाइते भएका सबैलाई अस्पतालमा भर्ना गरिएको छ। 

प्रहरीले दिएको जानकारीअनुसार सुरुमा टावर क्रेन तल रहेको कन्टेनरमा झरेको थियो। त्यसपछि त्यहाँ काम गरिरहेका मानिसलाई लागेको थियो। प्रारम्भिक अनुसन्धानमा पाइएअनुसार उक्त निर्माणस्थलमा केही कामदार भग्नावशेषमा थुनिएका थिए। 

प्रहरीका अनुसार घटनास्थलमा तीनजना कामदार अचेत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार यो घटनालाई औद्योगिक दुर्घटनाको रुपमा लिँदै यस विषयमा थप अनुसन्धान भइरहेको छ।

आधिकारिक विवरणअनुसार उक्त निर्माण साइटमा १४ सय सहुलियत फ्ल्याट निर्माण हुनेछ। जहाँ चार हजार मानिस बस्न सक्नेछन्। यो साइटको निर्माण सन् २०२५ मा सम्पन्न हुनेछ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .