१२ लाख डलरको कोकिनसहित हङकङ आइपुगेका यात्रु पक्राउ

१२ लाख डलरको कोकिनसहित हङकङ आइपुगेका यात्रु पक्राउ

नेपालखबर
असोज २५, २०७९ मंगलबार २०:१५, काठमाडौँ

इथियोपियाबाट हङकङ आइपुगेका एक हवाइ यात्रु करिब १२ लाख हङकङ डलर मूल्यको शंकास्पद कोकिनसहित पक्राउ परेका छन्।

आइतबार उनी ब्यांकक हुँदै हङकङ आइपुगेका थिए। होटल बुक नगरेका उनी सानो झोला लिएर भन्सारबाट निस्किन खोजेका थिए। 

भन्सार अधिकारीहरुले शंका गरेर उनलाई अस्पतालमा परीक्षणका लागि पठाएका थिए।
 
सोमबार उनको शरीरमा अन्य वस्तु लुकाइएको पत्ता लागेको थियो। त्यसपछि उनलाई गिरफ्तार गरिएको थियो।

उनको शरीरभित्र शंकास्पद कोकिनका ५९ गोली फेला परेको प्रहरीले जनाएको छ। जसको तौल १२ सय ग्राम छ।

छानबिन टोलीका एक सदस्यले उनको शरीरबाट थप लागुऔषध फेला पर्नसक्ने जनाएका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .