हङकङका वृद्धाश्रममा बढ्दै छ रोबोटको प्रयोग

हङकङका वृद्धाश्रममा बढ्दै छ रोबोटको प्रयोग

नेपालखबर
असोज ३०, २०७९ आइतबार १३:१२, हङकङ

हङकङका वृद्धाश्रममा पछिल्लो समय रोबोटको प्रयोग बढेको छ। सधैं गर्नुपर्ने एउटै किसिमको काम तथा त्यहाँ बस्ने मानिसहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि पनि रोबोटको प्रयोग बढेको छ।

हङकङमा इजरायलमा बनेको टेमी रोबोटको वितरक रोबोकेयरका सीईओ लिम लोङ हेई रोबोटलाई मानवमैत्री बनाउन पछिल्लो समय एप डाउनलोड गरी गेम  खेल्न मिल्ने बनाइएको बताउँछन्।

एक सय सेन्टिमिटरको रोबोटमा गेम खेल्न नमिल्ने भए पनि त्यसमा महजोङ डाउनलोड गरेपछि भने गेम खेल्न सकिन्छ। 

अहिले हङकङको शपिङ सेन्टर तथा मेट्रो रेल स्टेसनमा रोबोट सहजरुपमा उपलब्ध हुन थालिसकेको छ। विशेषगरी कोरोना महामारीको समयमा यस्ता रोबोट निकै प्रभावकारी भएका थिए। त्यसैले पनि महामारीको समयमा रोबोटको प्रयोग बढाएको हो। 

लिमको कम्पनी सन् २०१९ मा स्थापना भएको हो। यो कम्पनीले मानिसहरुको घरको लागि रोबोट आपूर्ति गर्दै आएको छ। अहिलेसम्म यो कम्पनीले पाँचसयभन्दा धेरै रोबोट बिक्री गरिसकेको छ। गत वर्षको तुलनामा यो संख्या दोब्बर हो। यो कम्पनीको पछिल्ला रोबोट ७९ हजार ८ सय हङकङ डलरको छ।

विशेषगरी रोबोटहरु सधैं एउटै तरिकाले गर्ने काम, अत्यधिक समय लाग्ने र जोखिमपूर्ण कामको लागि बनाइएको छ। कृत्रिम बौद्धिकताले रोबोटले गर्न सक्ने काम बढाएको छ। त्यस्तै विभिन्न किसिमको एप्लिकेसन प्रयोग गरेर रोबोटको काम बढाउन पनि सकिन्छ। 

लिमका अनुसार पछिल्लो समय अस्पतालहरुले पनि आइसोलेसन वार्डमा मानिसहरुको रक्तचाप र अक्सिजन लेभलजस्ता महतवपूर्ण कुराहरु रोबोटले हेर्ने गर्छ। साथै यसले डाक्टरहरुलाई पनि बिरामीको छेउमा नगई कुरा गर्न सजिलो हुन्छ। 

गत सेप्टेम्बरमा सरकारले नै  रोबोटको प्रयोग बढाउने किसिमको योजना अघि सारेसँगै वृद्धाश्रममा पनि रोबोटको प्रयोग बढ्न थालेको हो। वृद्धाश्रम सञ्चालकहरु पनि रोबोटको प्रयोगले धेरै काममा सहयोग पुगेको बताउँछन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .