हङकङमा बढ्न थाले विदेशी विद्यार्थी, काम गर्न आउने घटे

हङकङमा बढ्न थाले विदेशी विद्यार्थी, काम गर्न आउने घटे

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १३:४६, हङकङ

हङकङमा पछिल्लो समय बाहिरबाट आएर अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्न थालेको छ। यद्यपि बाहिरबाट आएर हङकङमा काम गर्ने मानिसको संख्या भने घटेको छ।

सन् २०२० मा हङकङमा कोभिड–१९ नियन्त्रणको लागि भन्दै लगाइएको प्रतिबन्धको कारण हङकङमा आएर अध्ययन गर्ने र बाहिरबाट आएर काम गर्ने मानिसको संख्या ह्वात्तै घटेको थियो। 

हङकङको आप्रवासन विभागको तथ्यांकअनुसार गत वर्ष हङकङमा ४३ हजार ७३२ विदेशी विद्यार्थी प्रवेश गरेका थिए। यो संख्या सन् २०२० को तुलनामा २४ प्रतिशत धेरै हो।

यो संख्या सन् २०१९ मा  ४१ हजार ८९५ थिए। यस वर्ष भने गत वर्षको रेकर्डभन्दा पनि धेरै विद्यार्थी आउने अनुमान गरिएको छ। यस वर्षको सुरुवाती नौ महिनामा मात्र ४३ हजार ९४५ विद्यार्थी हङकङ भित्रिसकेका छन्। 

यस वर्ष धेरै बाहिरी विद्यार्थी आउनुमा मेनल्याण्ड चीनका विद्यार्थी संख्या बढ्नुले महत्वपूर्ण भूमिका खेलेको छ। हङकङमा आफ्नो पढाइ पूरा गरेकी सी टियानकी राम्रो अन्तर्राष्ट्रिय ख्याति तथा मेनल्याण्ड चीनसँग निकट रहेको कारण आफूले हङकङको युनिभर्सिटी छानेको बताएकी छिन्। त्यसका साथै हङकङको वातावरण पनि अध्ययनका लागि निकै राम्रो भएको उनको बुझाइ छ। 

वार्षिक हिसाबमा गत वर्ष अन्य मुलुकका विद्यार्थीको संख्या घटेको छ। तर, तथ्यांकका अनुसार दक्षिण कोरिया र ताइवानबाहेक अन्य मुलुकका विद्यार्थीको संख्या भने बढेको छ। 

हङकङका युनिभर्सिटीहरुको ख्यातिका साथै त्यहाँको शुल्कको कारण पनि विदेशी विद्यार्थीको आकर्षण बढेको केहीको बुझाइ छ।

हङकङका युनिभर्सिटी अन्य अंग्रेजी भाषामा पढाइ हुने युनिभर्सिटीभन्दा सस्ता छन्। यद्यपि पछिल्लो समय हङकङले विदेशी विद्यार्थीलाई दिँदै आएको सहयोग रोक्नाले भने भविष्यमा बाहिरबाट आउने विद्यार्थीको संख्या घट्न सक्ने जानकारहरुले बताएका छन्। 

हङकङमा बाहिरबाट आएर काम गर्ने कामदारको संख्या भने घटेको छ। सन् २०२१ मा हङकङ आएर काम गर्ने कामदारको संख्या १३ हजार ८२१ मा झरेको छ। यसअघि सन् २०१९ मा यो संख्या ४१ हजार २८९ थियो। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .