‘हङकङको बेइजिङसँगको सीमा छिटोमा जनवरी १० मा खुल्छ’

‘हङकङको बेइजिङसँगको सीमा छिटोमा जनवरी १० मा खुल्छ’

नेपालखबर
पुस १३, २०७९ बुधबार १४:२, हङकङ

हङकङको मेनल्याण्ड चीनसँगको सीमा छिटोमा जनवरी १० देखि खुल्ने भएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार सीमा खुल्दा पनि पहिलो प्राथमिकता व्यवसायी र पारिवारिक आवश्यकता भएका मानिसलाई दिइनेछ।

बुधबार मेनल्याण्ड चीनका स्रोतले बुधबार दिएको जानकारीअनुसार सीमा खुलेपछि भने हङकङबाट सेन्जेन जान कुनै पनि कोटा निर्धारण हुने छैन। यस्तोमा हङकङबाट मेनल्याण्ड चीन जान चाहने मानिसले ४९ घण्टाभित्र गरिएको नेगेटिभ पीसीआर परीक्षणको नतिजा देखाउनुपर्ने हुन्छ। 

स्रोतका अनुसार सीमा खुल्दा सुरुमा पर्यटकहरुलाई भने अनुमति दिने सम्भावना कम छ। त्यसपछि भने बिस्तारै सीमा खुकुलो हुँदै जाने समाचारमा उल्लेख छ। अहिले चीन कोरोना महामारीयताकै ठूलो कोरोना संक्रमणको लहर सामना गरिरहेको छ।

यस्तो अवस्थामा हङकङबाट बेइजिङ जाने मानिसहरुले कोरोना खोपको तेस्रो डोज पनि लिनुपर्ने स्वास्थ्य विशेषज्ञहरुले बताएका छन्। यसले मानिसहरुलाई थप सुरक्षा प्रदान गर्न सक्ने उनीहरुको भनाइ छ। 

पीसीआर परीक्षणमा पोजेटिभ आएको अवस्थामा उनीहरुले घरमा नै आइसोलेसनमा बस्न सक्छन्। सीमा खुल्नेबित्तिकै ग्वान्झोउ–सेन्जेन–हङकङ उच्च गतिको रेलसेवा सञ्चालनमा भने केही ढिलाइ हुन सक्ने समाचारमा उल्लेख छ। यो सेवा सञ्चालनको लागि जनवरी १५ सम्म लाग्न सक्छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .