‘हङकङ जस्तोसुकै कोरोना लहरको लागि तयार छ’

‘हङकङ जस्तोसुकै कोरोना लहरको लागि तयार छ’

नेपालखबर
पुस १७, २०७९ आइतबार १३:२०, हङकङ

हङकङका स्वास्थ्यमन्त्रीले हङकङ जस्तोसुकै कोरोना लहरको लागि तयार रहेको बताएका छन्।

हङकङमा कोरोना नियन्त्रणको लागि लगाइएको अधिकांश प्रतिबन्ध हटेसँगै स्वास्थ्यमन्त्री लो चुङ माउले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय मानिसहरु अब कोरोना भाइरससँग जानकारी भइसकेको र उनीहरुलाई कसरी कोरोनाबाट बच्ने भन्ने राम्रोसँग थाहा भइसकेको उल्लेख गरेका हुन्। 

यससँगै अब मानिसहरुलाई नै  कोरोना नियन्त्रणको जिम्मेवारी दिइनुपर्ने उल्लेख गरेका हुन्। हङकङ विश्वभर कोरोना नियन्त्रणका कडा प्रतिबन्ध बाँकी रहेका केही सहरमध्येको एक हो। जनवरीको मध्यदेखि हङकङको बेइजिङसँगको सीमा खुल्दै छ।

हङकङमा पछिल्लो समय कोरोना संक्रमण पनि बढिरहेकाले मानिसहरुमा बेइजिङसँगको सीमा खोल्दा थप जटिलता उत्पन्न हुन सक्ने आशंका बढेको छ। अहिले पनि हङकङमा दैनिक २० हजारभन्दा धेरै संक्रमित फेला परिरहेका छन्।

गत बिहीबारदेखि हङकङ आउँदा मेनल्याण्ड चीन, ताइवान र मकाउबाट आउने मानिसले पीसीआर परीक्षण गराउनु पर्दैन।

यद्यपि हङकङ आउनुभन्दा ४८ घण्टाअघिको पीसीआर वा र्‍याट परीक्षणमा नेगेटिभ आएको नतिजा देखाउनुपर्ने हुन्छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .