बेइजिङसँगको दोस्रो नाका खोल्दै हङकङ

बेइजिङसँगको दोस्रो नाका खोल्दै हङकङ

नेपालखबर
पुस २१, २०७९ बिहिबार ९:२५, हङकङ

हङकङले आइतबारदेखि लागू हुने गरी मेनल्याण्ड चीनसँगको दोस्रो नाका खुला गर्ने भएको छ।

बेइजिङसँगको सीमा खुला गर्ने नीतिअनुसार पहिलो चरणमा अर्को एक नाका खोल्न लागिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। यो निर्णयअनुसार आगामी दिनमा प्रतिदिन ५० हजारसम्म मानिसहरु आवतजावत गर्न सकिने समाचारमा उल्लेख छ। 

यस विषयसँग जानकारी सरकारी स्रोतका अनुसार अब लोक मा चाउ स्पर लाइन र नजिकैको मान कान टो बोर्डर कन्ट्रोल प्वइन्ट खुला रहनेछ।

अहिलेसम्म हङकङबाट मेनल्याण्ड चीन जाने सेन्जेन बन्दरगाह, एयरपोर्ट र हङकङ–जुहाइ–मकाउ ब्रिजको बाट मात्र खुला थियो। कोरोना महामारीको कारण सन् २०२० को सुरुवातमा बन्द गरिएयता अन्य ११ कन्ट्रोल प्वइन्ट्स भने अझै पनि बन्द छन्। 

सीमा खोल्नुअघि हङकङले ठूलो संख्यामा प्रहरी अधिकारीहरुलाई अनुगमनमा उक्त क्षेत्रमा पठाएको थियो।

कोभिड–१९ को महामारी नियन्त्रणको लागि भन्दै सबैभन्दा लामो समय बन्द रहनेमध्ये एक सहरको रुपमा रहेको हङकङ बिस्तारै सीमा खोल्ने नीतिमा अघि बढिरहेको छ।

यसअघि हङकङ सरकारले सीमा खोल्दा बढ्न सक्ने कोरोना संक्रमणको लागि आफूहरु तयार रहेको बताएको थियो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .