हङकङबाट चीन जान चाहनेले जान्नैपर्ने ६ कुरा

हङकङबाट चीन जान चाहनेले जान्नैपर्ने ६ कुरा

नेपालखबर
पुस २४, २०७९ आइतबार २१:०, हङकङ

आइतबारबाट मुख्यभूमि चीनसँग हङकङका नाका खुलेका छन्। अब बिना क्वारेन्टिन यात्रुहरुले नाका पार गर्नसक्छन्। तर, यात्राका लागि अझै केही सर्त छन्। के हुन् त ती सर्त?

१. दैनिक कोटा कति?
हङकङबाट दैनिक ५० हजार यात्रु मात्र स्थल नाकाबाट मुख्यभूमि प्रवेश गर्न सक्छन्। फेरी, पुल र हवाई मार्गबाट दैनिक १० हजार जानसक्ने आकलन गरिएको छ।

केही समयपछि दैनिक थप ६० हजारलाई प्रवेश अनुमति दिइनेछ। त्यसपछि दैनिक कोटा १ लाख २० हजार पुग्नेछ। 

२. कुन नाका खुला छन्?
पहिलो चरणमा ७ नाका खुला रहनेछन्। स्थल नाकामध्ये लोक मा चाउ स्पर लाइन, सेन्चेन बे र मन काम तो खुला हुनेछ। जसमा दैनिक क्रमशः ३५ हजार, १० हजार र ५ हजार जनाको कोटा छ। 

अन्य चार नाका हुन्, अन्तर्राष्ट्रिय विमानस्थल, सिम सा सुइको चाइना फेरी टर्मिनल, सेयुङ वानको मकाउ फेरी टर्मिनल र हङकङ–चुहाइ–मकाउ पुल।

वेस्ट काउलुन स्टेसनबाट गुड्ने हाइस्पिड रेल जनवरी १५ पछि मात्रै चल्नेछ। 

३. कोटाभित्र कसरी पर्ने?
हङकङ र सेन्चेन दुवै सरकारले अनलाइन बुकिङ प्रणाली सुरु गर्दैछन्। चीन जान चाहनेले पहिले स्थानीय सरकारसँग नाम दर्ता गराउनुपर्छ। पहिले आउनेले पहिले अनुमति प्राप्त गर्छ। चीनबाट हङकङ आउनेले सेन्चेनको अनलाइन प्रणालीमा अनुमति पाउनुपर्ने हुन्छ।

एक जनाले तीन यात्रुको नाम बुकिङ गर्न सक्छ। तर, ख्याल गर्नुपर्ने कुरा के हो भने घर छाडेर अन्यत्र जानेले मात्रै नाम दर्ता गर्नुपर्छ, आफ्नो घर फर्किनका लागि भने त्यो आवश्यक पर्दैन।

४. नाका पार गर्न के के चाहिन्छ?
दुवैतर्फका यात्रुले ४८ घण्टाभित्र गरिएको पीसीआरको परीक्षणको नेगेटिभ नतिजा देखाउनुपर्छ। जसलाई अनलाइनमा दर्ता गरिएको हुनुपर्छ। 

हङकङमा सहरभरि ८५ परीक्षण केन्द्र छन्, जहाँ १५० हङकङ डलरमा परीक्षण हुन्छ।

५. यात्राका क्रममा बिरामी भए के गर्ने?
मुख्यभूमि पुग्नेले अब क्वारेन्टिन बस्न वा परीक्षण गर्न आवश्यक छैन। तर, ज्वरोलगायत लक्षण देखिए सीमामै र्यापिड परीक्षण हुन्छ। पोजिटिभ आए पनि मुख्यभूमि प्रवेश गर्न पाइन्छ। तर, आइसोलेसनमा बस्नुपर्ने हुनसक्छ।

हङकङ फर्किनेहरु बिरामी परे तिनले निजी अस्पतालमा उपचार गराउन सक्छन्। सार्वजनिक अस्पताल गए पनि उनीहरुले पुरा शुल्क तिर्नुपर्ने हुन्छ।

६. पूर्ण खुला कहिले हुन्छ?
यसको सिधा जवाफ प्रमुख कार्यकारी जोन लीले दिइसकेका छैनन्। पहिलो चरणको प्रयोगपछि सेन्चेन र क्वाङतोङ प्रान्तका अधिकारीहरुसँग छलफल गरेर निर्णय लिइने उनको भनाइ छ। 

तर, दुई महिनाभित्रै कोटा बढाइनसक्ने उनले बताएका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .