अब हङकङमा बाहिरियालाई निशुल्क खोप नदिइने

अब हङकङमा बाहिरियालाई निशुल्क खोप नदिइने

नेपालखबर
पुस २८, २०७९ बिहिबार २१:२९, काठमाडौँ

अर्को सातादेखि हङकङमा बाहिरियालाई कोभिड–१९ विरुद्धको निशुल्क खोप दिन बन्द गरिने भएको छ। निजी क्षेत्रले आगन्तुकलाई लक्षित गरी सशुल्क खोप लगाउनेछ।

हाल पर्यटकहरुलाई खोपको पहिलो तथा बुस्टर डोज निशुल्क दिइँदै आएको छ। पहिलो डोज निशुल्क पाउन दोस्रो डोज लगाउने बेलासम्म बस्नुपर्ने र बुस्टर लगाउन या त पहिलो डोज हङकङमै लगाएको या ३० दिनभन्दा लामो बसाइ हुनुपर्ने हुन्छ।

तर, आउँदो सोमबारदेखि नै हङकङबाहिरका बासिन्दाका लागि नियम परिवर्तन गरिनेछ।

अब बाहिरियाले सो खोप पाउन हङकङमा पहिलो डोज लगाएपछि ३० दिन बस्ने अनुमति पाएको हुनैपर्नेछ।

सरकारी प्रवक्ताले हङकङका बासिन्दालाई सरकारी खोप कार्यक्रममा खोपको पर्याप्त आपूर्ति कायम गर्न यस्तो कदम चाल्न लागिएको बताएका छन्।

डिसेम्बरयता हङकङमा खोपको माग वृद्धि भएको छ। पछिल्ला केही दिनमा सहरमा दैनिक १५ हजार नयाँ संक्रमित फेला परिरहेका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .