हङकङमा यसरी मनाइयो साकेला पर्व (फोटोफिचर)

हङकङमा यसरी मनाइयो साकेला पर्व (फोटोफिचर)

मगेन्द्र राई
पुस ११, २०७६ शुक्रबार ११:१३,

हङकङमा किरात राईहरुले साकेला (उधौली) पर्व धुमधामका साथ मनाएका छन्।

किरात राई यायोख्खाको आयोजनामा गत बुधबार हङकङको सबैभन्दा उच्च भागमा रहेको ताई मो सान डाँडामा साकेला पर्व मनाइएको हो।

किरात राई समुदायका मानिसहरु जाजीय भेषभुषामा सजिएर गोलाकार बनाई ढोल झ्याम्टा बजाएर, चमर आदि लिई ‘सोइ ढोले सोइ, अर्को ढोले खोई...’ लगायतका गीतको तालमा विभिन्न भावभंगीसहित नाचगान गरिएको थियो। सो अवसरमा पूजा थान स्थापना गरी परम्परागत प्रकृति (भूमि) पूजा समेत गरिएको थियो।

सो अवसरमा किरात राई समुदायलगायत अन्यहरुले पनि साकेला नाचेका थिए। कार्यक्रममा नेपाल चलचित्र क्षेत्रका चर्चित अभिनेता दयाहाङ राईको विशेष अतिथिको रुपमा उपस्थित थिए।

प्रकृति पुजकका रुपमा रहेका किरात राईहरु मंसिर महिनामा अन्नबाली भित्र्याएर धनधान्य भएको खुसीयालीमा साकेला (उधौली) मनाउने गर्छन‍् भने बैशाख पूर्णिमामा अन्नबाली रोप्ने बेलामा बालिनालीहरु ‘सुब्बे फाब्बे’ होस् भन्ने कामना सहित साकेला (उभौली) मनाउने गर्छन्। 

हङकङमा किरात राईहरुले सन १९९८ सालबाट साकेला मनाउदै आएको छ्न्। आफ्नो धर्म, सस्कृति, परम्परा र पहिचानको निरन्तरता, संरक्षण र सम्बर्द्धन गर्न हरेक ६ महिनामा साकेला मनाउँदै आएको किरात राई यायोख्खा हङकङका अध्यक्ष हरिचन्द्र राईले नेपालखबरलाई बताए।

हङकङमा झन्डै ६ हजारको हाराहारीमा किरात राईहरुको बसोबास गर्दै आएको उनी बताउँदछन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .