हङकङमा ६ अर्ब डलर मनी–लन्ड्रिङ गरेको आरोपमा गृहिणीसहित ९ जना पक्राउ

हङकङमा ६ अर्ब डलर मनी–लन्ड्रिङ गरेको आरोपमा गृहिणीसहित ९ जना पक्राउ

नेपालखबर
माघ ४, २०७९ बुधबार १४:५३, हङकङ

६ अर्ब हङकङ डलर कालो धनलाई सेतो बनाउने गिरोह सञ्चालन गरेको आरोपमा भन्सार अधिकारीहरुले एक महिलालाई पक्राउ गरेका छन्। भन्सार विभागले समातेको हालसम्मकै ठूलो मनी–लन्ड्रिङ मुद्दामा प्रहरीले अरु ८ जनालाई पनि पक्रेको छ।

उनीहरुले सयौँ ब्यांक खाता प्रयोग गरी सो अवैध रकम सेतो तुल्याएका थिए।

ती ५६ वर्षीय महिलालाई जनवरी ५ का दिन हुङ होमस्थित एक फ्ल्याटमा छापा मारी पक्राउ गरिएको भन्सारका अधिकारीहरुले बुधबार सार्वजनिक गरेका छन्। त्यो फ्ल्याट सो गिरोह सञ्चालनको केन्द्र थियो।

सोही ठाउँबाट अधिकारीहरुले गिरोहका अन्य पाँच सदस्यलाई पनि समातेका छन्। उनीहरुको साथबाट झण्डै ४० लाख डलर रकम बरामद भएको छ।

अन्यलाई सी तान र नर्थ पोइन्टबाट पक्राउ गरिएको हो।

उनीहरुको नाममा रहेको खातामा एक करोड ६० लाख डलर रकम पनि रोक्का गरिएको छ। 

‘यो मुद्दामा ६ अर्ब हङकङ डलरभन्दा ज्यादा रकम संलग्न देखिन्छ। यो भन्सारले पत्ता लगाएको सबैभन्दा ठूलो मनी–लन्ड्रिङको घटना हो,’ भन्सारको संगठित अपराध ब्युरोकी प्रमुख रिता लीले भनिन्।

भन्सार विभागका अनुसार यो गिरोहले पैसाको लोभ दिएर कयौँ व्यक्तिलाई गिरोहमा भर्ती गरेको र ११ कम्पनी र ५७ वटा व्यवसाय खोलेर कालो धनलाई सेतो बनाएको थियो।

जनवरी २०२० देखि डिसेम्बर २०२२ सम्म सो गिरोहले झण्डै तीन हजार ब्यांक खाता प्रयोग गरी ७ हजार ६०० कारोबारमार्फत अवैध धनलाई सेतो पारेको देखिएको विभागले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .