हङकङमा अयोजित आर्चरी प्रतियोगितामा प्रणय बने च्याम्पियन

हङकङमा अयोजित आर्चरी प्रतियोगितामा प्रणय बने च्याम्पियन

मगेन्द्र राई
पुस १४, २०७६ सोमबार ११:४२,

आइतबार वोङ ताई शिनस्थित लायन रक आर्चरी क्लबमा भएको प्रतियोगितामा प्रणयले कुल १६६ अंक जोड्दै प्रथम स्थान हातपार्न सफल भएका हुन्।

सोही प्रतियोगितामा कृष्ण राज राई रदिपेन राई क्रमश दोस्रो र तेस्रो भए। उनीहरुले समान १५४–१५४ अंक जोडेका थिए।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः हङकङ दुईहजार, पन्ध्रसय र एकहजार हङकङ डलर नगद पुरस्कार प्रदान गरिएको छ।

आइतबार आयोजित आर्चरी प्रतियोगितामा ३१ पुरुष र ४ महिला गरि कुल ३५ जनाले सहभागिता जनाएका थिए।

महिलातर्फ जुना वनेमले १४२ अंक जोड्दै पुरुष प्रतियोगीहरुलाइ चुनौती दिएकी थिइन्।

आर्चरी प्रतियोगिता नेपालीहरु माझ पहिलो पटक आयोजना भएको आयोजक किरात राई यायोख्खा हङकङले बताएको छ।

यस खेलको माध्यमबाट चार किरातहरु राई, लिम्बू, सुनुवार र याख्खाहरु बिच आपसी सद्भाव बढ्ने तथा हङकङको खुल्ला समाजमा बिस्थापित हुँदै गएको किरातहरुको सस्कृती र परम्परा आधुनिक पुस्ताहरुमा हस्तान्तरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

मौलिक सस्कृतीको संरक्षण र सम्बर्द्धन गर्न खेल प्रतियोगिताले सहयोग गर्ने भएकाले आर्चरी प्रतियोगिता अयोजना गरेको प्रमुख आयोजकका अध्यक्ष हरि चन्द्र राईले नेपालखबरलाई बताए।

आर्चरी ओलम्पिक खेल भएकाले यस्तो खेलबाट कुशल खेलाडी उत्पादन गर्न सकिने आयोजकको विश्वास छ। आयोजकले अब हरेक बर्ष आर्चरी प्रतियोगिता आयोजन गर्ने लक्ष्य रहेको बताएका छन्।

धनुवाण इसापूर्ब बीस हजार बर्ष पहिले पाषण युगबाटै प्रयोगमा आएको थियो भने किराती प्रथम राजा यलम्बर धुरन्धर धनुर्धारी थिए।

आधुनिक धनुवाणको प्रथम प्रतियोगिता भने सन १५८३ बेलायतको फिन्सबरीमा भएको थियो।

उक्त प्रतियोगितामा ३ हजार प्रतियोगीहरुले भाग लिएका थिए। सन १९०० मा पहिलो पटक ओलम्पिक प्रतियोगिता आर्चरी समाबेश गरिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .