हङकङमा मोडलको शव टुक्राटुक्रा पारिएको अवस्थामा फेला, पूर्वपतिको खोजी गर्दै प्रहरी

हङकङमा मोडलको शव टुक्राटुक्रा पारिएको अवस्थामा फेला, पूर्वपतिको खोजी गर्दै प्रहरी

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार २१:२९, हङकङ

हङकङमा हराइरहेकी एक मोडेलको टुक्रा पारिएको अवस्थामा शव फेला परेको छ। उनको शरीरबाट टाउको समेत गायब छ। 

मोडल एबी चोइ तिन फङको शरीरको एउटा हिस्सा पकाएर फ्रिजमा राखिएको अवस्थामा फेला परेको छ।

उनका पूर्वपतिका आमाबुबा र दाजु पक्राउ परेको भोलिपल्ट उनको शवका टुक्रा फेला परेको हो।

शुक्रबार ताइ पोस्थित लुङ मेइ स्युनमा रहेको गाउँको घरमा शव फेला परेपछि प्रहरीले चोइका पूर्वपतिको खोजी सुरु गरेको छ। 

स्रोतका अनुसार २८ वर्षीया चोइको हत्या १० करोड हङकङ डलर सम्पत्तिको विवादमा भएको हुनसक्छ।

डिटेक्टिभ र फरेन्सिक विज्ञहरुले दिनभर सो गाउँमा तलासी लिएका थिए। 

स्रोतका अनुसार शरीका कुनै कुनै अंग अझै भेटिएका छैनन्। चोइ मंगलबार हराएकी थिइन्। त्यसअघि उनका पूर्वजेठान कदुरी हिलस्थित उनको घरमा गएका थिए।

उनीहरु चोइकी छोरीलाई लिन हिँडेका थिए। तर, उनी छोरी लिन कहिल्यै पुगिनन्। त्यसपछि उनी हराएको सूचना प्रहरीमा पुगेको थियो। 

इन्स्टाग्राममा ८० हजार फलोअर्स भएकी चोइ फेसन म्यागेजिन ला अफिसियलको आवरणमा यही महिना देखिएकी थिइन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .