हङकङ आन्दोलनको फोटो खिच्ने अमेरिकी पत्रकारलाई हङकङ प्रवेश गर्न दिइएन

हङकङ आन्दोलनको फोटो खिच्ने अमेरिकी पत्रकारलाई हङकङ प्रवेश गर्न दिइएन

नेपालखबर
पुस १९, २०७६ शनिबार १२:१९,

अमेरिकाबाट हङकङ पुगेका म्याथ्यु कनर्सलाई हङकङको अध्यागमन अधिकारीहरुले शुक्रबार फेरि अमेरिका फर्काइदिएका हुन्।

शुक्रबार हङकङ पुगेका म्याथ्युलाई अध्यागमन अधिकारीहरुले चार घन्टा नियन्त्रणमा लिएर अनुसन्धान गरेको एससीएमपीले जनाएको छ।

मासाचुसेट्स कलेज अफ आर्ट एन्ड डिजाइन्सस्थित फोटोग्राफी विभागका पूर्व प्रमुख म्याथ्युले हङकङमा ७ महिनायता जारी आन्दोलनको तस्बिरहरु अमेरिकी सन्चारमाध्यमका लागि खिचेका थिए।

म्याथ्यु शुक्रबारसहित तीनपटक हङकङ आएको जनाइएको छ। म्याथ्युका अनुसार हङकङको अध्यागमन विभागले कागजपत्र नपुगेकाले उनलाई न्युयोर्क फिर्ता पठाएको बताएका थिए।

यद्यपी म्याथ्युले कागजपत्र हुँदाहुँदै हङकङले आफूलाई निषेध गरेको आरोप लगाएका छन्।

हङकङको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव उत्पन्न भएको छ। अमेरिकाले चीनले हङकङको स्वतन्त्रता आफ्नो मुठ्ठीमा लिएको आरोप लगाउँदै आएको छ।

चीनले हङकङको विषय आन्तरिक भएकाले त्यसमा अवरोध सृजना नगर्न चेतावनी दिएको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .