हङकङमा ७० डलरको ठाउँमा ३ सय डलर लिने ट्याक्सी चालक पक्राउ

हङकङमा ७० डलरको ठाउँमा ३ सय डलर लिने ट्याक्सी चालक पक्राउ

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १६:४८, हङकङ

७० डलर भाडा लिनुपर्ने ठाउँमा ३ सय डलर लिने ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ। लान क्वाइ फङमा यात्रुको भेषमा गएका प्रहरीले ती चालकलाई समातेका हुन्।

हङकङमा श्रम दिवसको छेकामा हुने ‘गोल्डेन विक’को छुट्टीमा आउने चिनियाँ पर्यटकलाई ठग्ने ट्याक्सीहरुमाथि प्रहरीले कारबाही गरेको हो।

दुई सादा पोसाकका प्रहरी सेन्ट्रलस्थित विन्दाम स्ट्रिटबाट ट्याक्सी चढेका थिए। उनीहरुले आइतबार राति १ बज्नुअघि ६ किलोमिटरका लागि ट्याक्सी लिएका थिए।

तर अत्यधिक भाडा लिएपछि चालकलाई पक्राउ गरिएको हो। 

हङकङमा यसरी ज्यादा भाडा लिने चालकलाई अधिकतम ६ महिना जेल र १० हजार डलर जरिवाना हुन्छ।

यी चालकले बारम्बार यात्रु ठग्ने गरेको पत्ता लागेको छ।

उनले चालक अनुमतिपत्र पनि देखाउन नसकेको प्रहरीको भनाइ छ।

त्यस्तै अर्का ५३ वर्षीय ट्याक्सी चालकलाई पनि ५० डलरको ठाउँमा २०० डलर लिएको आरोपमा प्रहरीले टाइम्स स्क्वायरबाट समातेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .