आधाभन्दा बढी हङकङे बुस्टर लगाउन अनिच्छुक

आधाभन्दा बढी हङकङे बुस्टर लगाउन अनिच्छुक

नेपालखबर
बैशाख २६, २०८० मंगलबार ७:२३, हङकङ

एक अध्ययनले आधाभन्दा बढी हङकङका नागरिक कोरोना भाइरस रोकथामका उपायलाई निरन्तर दिन तयार देखिएका छन्। तर कोभिडविरुद्ध बुस्टर डोज लगाउन अनिच्छुक देखिएको अध्ययनले देखाएको छ।

चिनियाँ विश्वविद्यालयले गरेको सर्वेक्षणअनुसार अन्तर्वार्ता दिने अधिकांशले मास्क तथा सेनिटाइजर प्रयोग जस्ता स्वास्थ्य सतर्कतालाई निरन्तरता दिनुपर्ने र दिइरहेको बताएका छन्। महामारी सुरु भइसकेपछि सन् २०२० को अनुपातमा यो धेरै सुधार हो।

सोमबार प्रकाशित सर्वेक्षणमा महामारी अघि र पछि भाइरस रोकथामका लागि अपनाएका उपायहरूबारे प्रश्न सोधिएको थियो। जसमा अधिकांशले हाल पनि मास्क र स्यानिटाइजरको प्रयोग गरिरहेको जवाफ दिएका थिए। खोप लगाउने विषयमा सोधिएको प्रश्नमा भने अधिकांशले आफू अनिच्छुक रहेको जवाफ दिए।

जकी क्लब स्कुल अफ पब्लिक हेल्थ एण्ड प्राइमरी केयरका सदस्यले हङकङका विभिन्न ठाउँमा गरेको गरेको अध्ययनमा ६११ उत्तरदाता रहेका थिए। सर्वेक्षणमा केवल १३ प्रतिशत नागरिकले बुस्टर लगाउन आवश्यक भएको जवाफ दिएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .