हङकङका बार र क्लबबाट लागुऔषध कारोबारमा संलग्न १० जना पक्राउ

हङकङका बार र क्लबबाट लागुऔषध कारोबारमा संलग्न १० जना पक्राउ

नेपालखबर
बैशाख ३१, २०८० आइतबार ८:९, हङकङ

हङकङ प्रहरीले त्यहाँका बार र नाइटक्लबमा छापा मार्दा लागुऔषध कारोबारमा संलग्न १० जनालाई पक्राउ गरेको छ।

तीन दिने अभियानका क्रममा लागुऔषध ओसारपसारगायतका विभिन्न अपराधमा पक्राउ पर्नेहरू १६ देखि ३३ वर्ष उमेरका छन्।

त्यहाँका अधिकारीहरूका अनुसार बिहीबारदेखि प्रहरीले हङकङका ५० भन्दा बढी मनोरञ्जन स्थलहरू जस्तै नाइटक्लब, गेम सेन्टर, बिलियर्ड कोठा र बारहरूमा छापा मारेको थियो। 

प्रमुख निरीक्षक लाउ पिङविङका अनुसार ११० ग्राम कोकिन, ८८ ग्राम क्यानेबिज, ४ ग्राम आईस र ११ ग्राम केटामिन र पारामेथाक्सिमेथामफेटामाइनको मिश्रणबाट बनेको उत्तेजक औषधि बरामद भएको छ।

पिङविङले सहरमा ४०० सुरक्षाकर्मी खटाएर विशेष अभियान चालेको बताए।

हङकङमा लागुऔषध  तस्करीसम्बन्धी मुद्दामा अधिकतम् आजीवन काराबास र ६ लाख ३७ हजार अमेरिकी डलर जरिवाना हुनसक्ने कानून छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .