हङकङमा एक स्कुले विद्यार्थीलाई बम विस्फोट योजनाकारको आरोपमा ५ वर्ष जेल

हङकङमा एक स्कुले विद्यार्थीलाई बम विस्फोट योजनाकारको आरोपमा ५ वर्ष जेल

नेपालखबर
जेठ ११, २०८० बिहिबार १३:१७, हङकङ

हङकङमा बम विस्फोटको योजना बनाएको आरोपमा माध्यामिक तहमा पढ्ने एक विद्यार्थीलाई ५ वर्ष ८ महिना जेल सजाय तोकिएको छ।

घटनामा सहयोग गरेको भन्दै अन्य तीन किशोरलाई ३ वर्षका लागि सुधार केन्द्रमा राख्न अदालतले आदेश दिएको छ। उनीहरूविरुद्ध एक पूर्वाधार कम्पनीमा बम विस्फोटको योजना बनाएको आरोप छ।

सन् २०१९ मा भएको सरकारविरोधी आन्दोलनमा अदालतसहित सहरका विभिन्न भागमा विस्फोटका घटना भएका थिए। प्रहरी चौकीमा पेट्रोल बम प्रहार भएको अधिकारीहरूले दाबी गरेका थिए।

हङकङले चीन, ताइवान र मकाउमा भएका अपराधिक घटनामा सुपर्दगीको अनुरोध भएमा हङकङ अदालतले गरेका फैसालका आधारमा सुपुर्दगी गर्न सकिने विधेयक ल्याएको थियो। तर २०१९ मा ताइवानमा बिदा मनाउन गएका हङकङका एक व्यक्तिले त्यहीँ आफ्नी प्रेमिकाको हत्या गरेपछि निजलाई ताइवानसमक्ष बुझाउन नसकेपछि उक्त आन्दोलन चर्किएको थियो।

विधेयकका आधारमा बनेको कानुनको दुरुपयोग भएको भन्दै सुरु भएको उक्त विद्यार्थी आन्दोलन ६ महिनाभन्दा लामो समयसम्म चलेको थियो। ठूलो विरोधपछि उक्त विधेयक फिर्ता भएको थियो।

बिहीबार हङकङको उच्च अदालतले उक्त आन्दोलनका क्रममा हिंसात्मक गतिविधि गर्ने ६ जनालाई सजाय फैसला गरेको हो।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .