दक्षिणी हङकङ टापुको चट्टानी तटीय क्षेत्रमा मंगलबार समुद्रमा छालले बगाउँदा एक महिला पदयात्रीको मृत्यु भएको छ।
मंगलबार अन्य ११ जना साथीसँग हाइकिङमा हिँडेकी ४३ वर्षीया ती पैदलयात्री अपलेई चाउको दक्षिणी किनारमा हाइकमा हिँडिरहेकी थिइन्। त्यसै क्रममा दिउँसो १२:२० बजे उक्त दुर्घटना भएको थियो। अर्का ६९ वर्षीय एक व्यक्तिलाई पनि छालले बगाएको थियो।
बचाउन समुहका दुई जना पुरुषले तुरुन्तै लाइफ ज्याकेट लगाएर समुद्रमा हाम फालेका थिए। उद्धारका लागि तत्काल प्रहरीले सरकारी हेलिकोप्टर पनि पठायो।
छालले बगाएका महिला र पुरुषलाई ती दुई व्यक्तिले बाहिर तानेर हेलिकोप्टरमार्फत् उपचारका लागि वान चाइस्थित रुट्टोन्जी अस्पताल पुर्याएका थिए।
तर अस्पताल पुर्याउँदा ती महिलालाई चिकित्सकले मृत घोषित गरेका हुन्। घाइते अर्का पुरुषको खुट्टामा चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया