हङकङका प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले इलेक्ट्रोसक र नेटगन प्रयोग गर्ने

हङकङका प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले इलेक्ट्रोसक र नेटगन प्रयोग गर्ने

नेपालखबर
माघ १, २०७६ बुधबार ११:५,

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन इलेक्ट्रोसक र नेटगन प्रयोग गर्ने योजना बनाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङका सुरक्षा जानकारहरुका अनुसार प्रदर्शनका क्रममा प्रहरीलाई बन्दुकभन्दा नेटगन र इलेक्ट्रोसक प्रयोग गर्न दिनु उपयुक्त हुन्छ।

तर मानवअधिकारवादी संस्थाले इलेक्ट्रोसक मानिसको स्वास्थ्यका लागि हानिकारक भएको भनेर प्रहरीको योजनाको आलोचना गरेका छन्।

हङकङका एक उच्च प्रहरी स्रोतले एससीएमपीसँग भने,‘हामीले धेरै प्रहरी तैनाथ गर्नुभन्दा त्यसको विकल्पमा यो उपाय सोचेका हौं। यसको प्रयोगले प्रदर्शनकारी र प्रहरी दुवै घाइते हुने सम्भावना कम हुन्छ।’

७ महिनायता जारी सरकारविरुद्धको आन्दोलनको क्रममा प्रहरीले १६ हजार अश्रुग्यास प्रहार गरेको छ भने १० हजार गोली पड्काएको छ।

हङकङ सरकारले सुपुर्दगी विधेयकलाई पारित गर्ने प्रयास गरेपछि हङकङबासीले लामो समयदेखि प्रदर्शन गरिरहेका थिए।

आन्दोलन हिंस्रक बन्दै गएपछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता लिएकी थिइन्।

यद्यपी आन्दोलनकारीको माग क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने भएपछि प्रदर्शन रोकिन सकेको छैन।

लामाले सर्वसाधारणको विचार सुन्ने, नागरिकसँग छलफल गर्ने कार्यक्रम गर्ने भने पनि मानिसहरुले त्यो विषय मानिरहेका छैनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .