हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिवल’ हुँदै

हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिवल’ हुँदै

तस्बिरहरू: जगतअम्बु गुरुङ


नेपालखबर
असार १७, २०८० आइतबार १९:३, हङकङ

‘मेरो गाउँ मेरो ठाउँ भिडिओ च्यालेञ्ज २०२३’ मा विजेता दस उत्कृष्ट भिडिओ हङकङमा प्रदर्शन हुने भएको छ । प्रतियोगितामा विजेता भिडिओहरू पहिलोपटक मुलुक बाहिर प्रदर्शन गर्न लागिएको हो । ‘नेपाल टुरिज्म फिल्म फेस्टिवल’ नाम दिइएको यो कार्यक्रम हङकङपछि संसारका विभिन्न मुलुकमा आयोजना गरिने आयोजक ‘वि विल राइज फाउण्डेसन’ले जनाएको छ ।

हङकङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तुलसीकुमार गुरुङले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरू प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताबाट आएका वृत्तचित्रलाई विश्वमाझ पुर्‍याउने यो अर्को प्रयास भएको बताए । यस फिल्म फेस्टिवलले नेपालको कुना कन्दरामा रहेका पर्यटकीय महत्वका नविन थलोहरू एवं कला संस्कृतिलाई विश्वभर उजागार गर्न सघाउने उनको भनाइ थियो ।

विदेशमा बस्ने नेपालीले पनि नेपालको कला संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले यसलाई समेत मध्यनजर गरी आगामी संस्करणदेखि ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’ विधा थपिने योजना समेत सुनाए ।

विजेता भिडिओहरूको प्रदर्शन जुलाई १६ (असार ३१) साँझ हङकङस्थित हेनरी जी लियोङ हल, याउ मा तेईमा हुनेछ । यसमा सबैले हातेमालो गर्न समेत अध्यक्ष गुरुङको अनुरोध थियो । फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले नेपाली वृत्तचित्र निर्मातालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन र थप सम्भावनाको ढोका खोल्न समेत यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडिओ च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको ‘दि नर्थन वाल’ले जितेको थियो । प्रतियोगिताका कुल दस विधामध्ये ‘मयूरी चाल’ ले ‘जजेज च्वाइस अवार्ड’, टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले ‘मस्ट एनर्जेटिक भिडिओ मेकर’, ‘फ्युचर स्टार अफ द इयर’–आदर्श पाण्डे, ‘मस्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाइस ओभर’–रुमन थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुमन भिडिओ मेकर अफ द इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकरले जितेका थिए । प्रतियोगितामा प्राप्त २ सय ५८ भिडिओमध्येबाट दस विधामा ७० भिडिओ मनोनयन गरिएको थियो ।

फेस्टिवलमा हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब हङकङ, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज हङकङ, राइज मिडिया नेटवर्क र नेपाल पर्यटन बोर्डको सहकार्य रहेको छ । मिडिया पार्टनरमा एचके नेपाल डटकम, एनएचडीडी स्टुडियो, एच के ट्युब नेपाल अनलाइन र मेरो लाइफस्टाइल रहेका छन् ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .