हङकङमा सोमबार यस वर्षकै पहिलो टाइफुन

तल्लो क्षेत्रमा बाढी आउने सम्भावना, सचेत रहन आग्रह
हङकङमा सोमबार यस वर्षकै पहिलो टाइफुन

तस्बिरहरू : एससीएमपी


नेपालखबर
साउन १, २०८० सोमबार १२:११, हङकङ

हङकङमा सोमबार बिहान यस वर्षकै पहिलो टाइफुन आएको छ। टाइफुनले सहर नै प्रभावित पारेको थियो।

हङकङ अब्जर्भेटरीले सोमबार बिहानको टाइफुन सिग्नल T8 मापन गरेको छ। अब्जर्भेटरीका अनुसार साँझ ४ देखि ७ बजेको बीचमा T3 मा झर्ने सम्भावना छ।

यद्यपि, हावाको गति र हुस्सुले यसमा प्रभाव पार्नेछ। हावाको वेग पूर्वी क्षेत्रबाट विस्तारै कम हुन थालेको अधिकारीहरूले बताए।

हङकङको तल्लो क्षेत्रमा भने हावाहुरीसहित बाढी आउन सक्ने मौसमविद्ले बताएका छन्। तसर्थ, अधिकारीहरूले तल्लो क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेका छन्।

‘उच्च पानीकाे सतहका कारण तल्लो क्षेत्रमा बाढी आउन सक्छ। त्यसैले तल्लो तटीय क्षेत्रका बासिन्दा सचेत हुन जरुरी छ,’ अधिकारीहरू भन्छन्, ‘खतरनाक ठाउँहरूमा नजानुहोस्, पानीसँग सम्बन्धित खेलका कार्यक्रम नराख्नुहोस्।’

त्यस्तै, दिउँसोसम्म पनि सिग्नल ८ नै देखाइरहे शेयर बजारमा कुनै कारोबार नहुने स्टक मार्केटले बताएको छ।

टाइफुनका कारण हवाइ उडान पनि प्रभावित भएका छन्। कम्तीमा १६ उडान रद्द भएका छन् भने ६ वटा ‘डिले’ भएका छन्।

विमानस्थल स्रोतका अनुसार रद्द तथा ढिलाइका कारण १ हजार २ सयदेखि दुई हजारको बीचमा यात्रु प्रभावित भएका छन्। मुख्यगरी चीन जाने मार्ग बढी प्रभावित भएको छ।

यद्यपि मौसम सुधार हुँदै गएमा दिउँसोका उडानहरू रद्द गर्ने पक्षमा नरहेको विमानस्थल अधिकारीहरूले बताएका छन्।

एमटीआर र लाइट रेल सेवा भने सीमित रूपमा सञ्चालनमा छन्।

टाइफुनका कारण हङकङ समय बिहान १० बजेसम्म दुई पुरुष र एक महिला घाइते भएका छन्।

बिहान ११ बजेसम्म गृह मन्त्रालयले विभिन्न जिल्लामा खोलेका २९ आश्रयस्थलमा १०५ जनाले शरण लिएको स्रोतले बतायो।

स्रोतका अनुसार टाइफुनका कारण १८ वटा रुख पनि ढलेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .