हङकङमा मुख्यभूमि मामिलाका सचिवले अल्पसंख्यकसँग भेटे, नेपालीले गरे स्वागत

हङकङमा मुख्यभूमि मामिलाका सचिवले अल्पसंख्यकसँग भेटे, नेपालीले गरे स्वागत

नेपालखबर
माघ ५, २०७६ आइतबार ९:३८,

गत शुत्रबार सचिव प्याट्रिक निपले हङकङमा रहेको अल्पसंख्यकहरुसँग भेटघाट गरेको हङकङ सरकारद्वारा जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

सो क्रममा नेपाली समुदायसँग पनि सचिव प्याट्रिकसहितका अधिकारीहरुले छलफल गरेका थिए। नेपाली समुदायले उनलाई सद्भावपूर्ण रुपमा स्वागत गरेका थिए।

याउ सिम मोङ जिल्लामा चिनियाँ प्रतिनिधिहरुले त्यहाँ अल्पसंख्यक समुदायले सन्चालन गर्दै आएका पसल, रेस्टुरा तथा अन्य व्यवसायको अवस्थाको बारेमा बुझेका थिए।

सो क्रममा अल्पसंख्यकको मुद्दा, समस्या समाधान गर्ने विषयमा आफूहरु सजग भएको प्याट्रिकले बताएका थिए।

चीनमा हालै देखिएको नयाँ भाइरस कोरोना हङकङमा सर्नसक्ने भन्दै त्यसमा सजग हुनुपर्ने उनले बताएका थिए।

उक्त जिल्लामा कम्तिमा ५३ हजार अल्पसंख्यकहरु बसोबास गर्दछन्। प्याट्रिकले अल्पसंख्यकलाई प्रतिस्पर्धी र सक्षम बनाउन भाषाको प्रशिक्षण तथा भविष्य खोजिरहेका लागि उपयुक्त वातावरण बनाउन सकरात्मक रहेको बताएका थिए।

उनले सो क्रममा भनेका थिए,‘हङकङ विविधतामूलक समाज हो र हामी समावेशीतालाई स्वीकार गर्दछौं। यहाँको सरकार जातीय भेदभाव अन्त्य गरी समानतामूलक समाज निर्माण गर्न तत्पर छ।’

अल्पसंख्यकको समस्या समाधान गर्न तथा उनीहरुको अधिकारको पक्षमा सरकार रहने सो क्रममा प्रतिवद्धता व्यक्त गरिएको थियो।

हालै हङकङ सरकारले प्रदान गरेको वृद्धवृद्धा भत्ता तथा भ्रमण छुटको विषय सबैमा लागू हुने बताइएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .