‘वान्टेड एक्टिभिस्ट’ सम्बन्धमा हङकङद्वारा अमेरिकाको निन्दा, आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह

‘वान्टेड एक्टिभिस्ट’ सम्बन्धमा हङकङद्वारा अमेरिकाको निन्दा, आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह

तस्बिर : एससीएमपी


नेपालखबर
भदौ १०, २०८० आइतबार १५:१०, हङकङ

‘वान्टेड एक्टिभिस्ट’का परिवारलाई अनावश्यक दुःख दिएको आरोप अमेरिकाले लगाएपछि हङकङले यसको विरोध गरेको छ।

हङकङले अमेरिकाको यो कदमलाई सहरको राष्ट्रिय सुरक्षा एजेन्सीप्रति ‘डेमोनाइजिङ’को रूपमा लिएको जनाएको छ।

साथै हङकङले राष्ट्रिय सुरक्षा विभागद्वारा सम्पादित काम उचित, कानुनी र आवश्यक भएको पनि बताएको छ।

अमेरिकी विदेश मन्त्रालयले हङकङका अधिकारीहरूले वान्टेड सूचीमा रहेका पाँच एक्टिभिस्ट तथा जेलमा रहेका विपक्षी नेता जोशुअ वङ सि–फुङका परिवारलाई निरन्तर उत्पीडन गरेको आरोप लगाएपछि हङकङको यस्तो धारणा आएको हो।

उसले अमेरिकाले यस्तो कदम बन्द गर्नुपर्ने पनि बताएको छ।

‘अमेरिका विभिन्न रुप, माध्यम र बहानामा फरार व्यक्तिहरूलाई उन्मुक्ति दिन चाहन्छ । तर, हङकङ आफ्नो राष्ट्रिय सुरक्षा कानुनबाट विचलित हुँदैन’ हङकङका अधिकारीहरू भन्छन्, ‘तथ्यहरू पहिचान गर्न, राष्ट्रिय सुरक्षा कानुनका विरुद्ध नजान र अनावश्यक चासो तुरुन्त बन्द गर्न हङकङ संयुक्त राज्य अमेरिकालाई आग्रह गर्दछ।’

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार आरोप लगाएको केही घण्टापछि हङकङका अधिकारीहरूको यस्तो टिप्पणी आएको हो।

हङकङ प्रहरीले सहरको जेलमा रहेका तथा फरार सूचीमा रहेका कार्यकर्ताका आफन्तलाई हिरासतमा राखी सोधपुछ गरिहेको छ।

यही सन्दर्भमा अमेरिकाले उनीहरूलाई हङकङ सरकारले अनावश्यक प्रताडित गरेको आरोप लगाएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .