विविध कार्यक्रम गरी मनाइयो हङकङ साहित्यिक साझा शृंखलाको ११औँ वार्षिकोत्षव

विविध कार्यक्रम गरी मनाइयो हङकङ साहित्यिक साझा शृंखलाको ११औँ वार्षिकोत्षव

मगेन्द्र राई
भदौ १०, २०८० आइतबार २१:१३, हङकङ

हङकङमा नेपाली भाषा तथा साहित्य उत्थानका निम्ति स्थापित ‘हङकङ साहित्यिक साझा शृ‌ंखला’ले विविध कार्यक्रमसहित आफ्नो ११औँ वार्षिकोत्षव मनाएको छ। 

आइतबार जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा आयोजित वार्षिकोत्षव समारोहमा नयाँ संयोजक चयन, पुस्तक विमोचन, स्रष्टा सम्मानलगायत कार्यक्रम सम्पन्न गरिएको हो। कवि तथा चित्रकार रमण गुरुङलाई  पुन: संयोजक चुनिएको छ। उक्त संस्थाको कार्यकारी प्रमुखमा संयोजक नियुक्त हुने प्रावधान छ।

दुई पुस्तक विमोचन 

उक्त अवसरमा २ पुस्तक विमोचन पनि गरिएको छ। साझा शृंखलाले हङकङमा रहेका सर्जकले सिर्जना गरेका कविता, गीत, गजल, हाइकु, अभिमतजस्ता विधाको  संग्रह प्रकाशन गर्ने गरेको छ। सोही क्रममा छैटौँ संग्रहका रूपमा ‘शृंखला-६’ को विमोचन गरिएको हो। उक्त संग्रहबारे शृंखलाका संरक्षक तथा साहित्यकार दाजु गुरुङले समीक्षा गरेका थिए। त्यसैगरी बेलायत निवासी लेखक विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यास पनि विमोचन गरिएको थियो। उक्त उपन्यासबारे डा. चुरा थापाले समीक्षा गरेका थिए। 

विभिन्न व्यक्तित्वलाई सम्मान 

कार्यक्रममा विभिन्न विधाका सर्जकलाई सम्मान गरिएको छ। फोटो पत्रकार जगत् अम्बु गुरुङलाई  ‘किसन राई स्मृति प्रतिभा पुरस्कार-२०२३’, स्व. किसन राईलाई ‘नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समाजसेवा पुरस्कार-२०२३’ (मरणोपरान्त), देवराज राई लाई ‘नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार २०२१-२३’, नरजित राईका ‘मनका नदीहरू’ कविता संग्रहका लागि ‘स्रष्टा र सिर्जना पुरस्कार वर्ष २०२१-२०२३’ ले सम्मान गरिएको हो। पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्र सहित जनही हङकङ डलर १,१११ प्रदान गरियो। 

त्यसैगरी मोती चाम्लिङ, तुलसी गुरुङ, स्व। इमानबहादुर तमु, दिनेश सुब्बा, विजय हितान, नारायण भण्डारीलगायतलाई सम्मानपत्र प्रदान गरियो। 

कार्यक्रममा प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ थिइन् भने सञ्चालक शृंखलाका पूर्वसंयोजक तथा सल्लाहकार टीबी याख्खा थिए। 

शृंखलाले हरेक महिनाको अन्तिम आइतबार हङकङका साहित्यकार तथा लेखक भेला गराई साहित्यिक गतिविधि गर्ने गरेको छ। ‘हङकङ साहित्यिक साझा शृ‌ंखला’ सन् २०१२ मा स्थापना भएको हो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .