हङकङ प्रहरीद्वारा गाँजा फार्ममा छापा, तीन जना पक्राउ

हङकङ प्रहरीद्वारा गाँजा फार्ममा छापा, तीन जना पक्राउ

प्रहरीले बरामद गरेको गाँजाको बोट, प्याकेट लगायतका सामग्री। तस्बिर : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
भदौ १७, २०८० आइतबार १७:१२, हङकङ

हङकङ प्रहरीले गाँजा उत्पादन गर्ने दुई औद्योगिक युनिटमा छापा मार्दा तीन जना पक्राउ परेका छन्।

प्रहरीले उक्त स्थानबाट दुई करोड हङकङ डलर बराबरको गाँजा पनि बरामद गरेको छ।

गाँजासँगै दुई पुरुष र एक महिला गरी तीन जना पक्राउ परेका हुन्।

प्रहरीले बिहीबार र शुक्रबार चलाएको विशेष अभियानमा ७३३ वटा गाँजाको बोट, तीन वटा तयारी प्याकेट र गाँजा प्रशोधन गर्ने औजार पनि बरामद गरेको छ।

छापा मारिएका दुई उद्योग करिब नौ महिनादेखि सञ्चालनमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साथै, यी दुई फार्म वार्षिक ५३२ किलोग्राम लागूऔषध उत्पादन गर्न सक्षम रहेको पनि प्रहरीको अनुसन्धानले पत्ता लगाएको छ। यसको मूल्य ८० मिलियन हङकङ डलर हुन आउँछ।

पक्राउ परेका तीन जनामध्ये ३६ वर्षीया महिलालाई धरौटीमा रिहा गरिएको छ भने ३४ र ३७ वर्षका दुई पुरुषको मुद्दा सोमबार क्वानतङ मजिस्ट्रेट कोर्टमा सुनुवाइ हुँदैछ।

गाँजा खेती गरेको अभियोग पुष्टि भएमा अधिकतम १५ वर्ष जेल सजाय र एक लाख हङकङ डलर जरिवाना हुने कानुनी प्रावधान छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .