हङकङ : सुपरमार्केटमा एक व्यक्ति निर्वस्त्र छिरेपछि...

भिडिओ भाइरल भएपछि प्रहरीले गर्‍यो पक्राउ
हङकङ : सुपरमार्केटमा एक व्यक्ति निर्वस्त्र छिरेपछि...

तस्बिर : डिमसम दैनिक


नेपालखबर
असोज २६, २०८० शुक्रबार १५:५२, हङकङ

हङकङको चाइसिङ स्ट्रिटस्थित वोङचाइ सिनमा रहेको सुपटरमार्केटमा एक व्यक्ति निर्वस्त्र रूपमा किनमेल गर्न पुगेपछि सबैको ध्यान त्यतै मोडिन पुग्यो।

हङकङको स्थानीय एक सञ्चारमाध्यमका अनुसार यो विचित्रको दृश्य त्यहीँ किनमेल गर्दै गरेका अर्का व्यक्तिले मोबाइलमा कैद गरेका थिए। उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओमा नग्न मानिस शान्तपूर्वक सुपरमार्केटमा सामानहरू छान्दै गरेको देखिन्छ।

सञ्जालमा पोस्ट गरिएको भिडिओमा उक्त व्यक्ति सामान छानिसकेर काउन्टरमा भुक्तानीको लागि गएकोसम्म देख्न सकिन्छ।

घटना ९ अक्टोबर साँझ ६ बजेतिरको हो। भिडिओले सामाजिक सञ्जाल तताएपछि प्रहरीले उक्त व्यक्तिलाई बिहीबार पक्राउ गरेको छ।

ती व्यक्ति निर्वस्त्र रूपमा सार्वजनिक ठाउँमा किन निस्किए भन्ने खुलिसकेको छैन। प्रहरीले यस सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ।

प्रहरीका अनुसार त्यसरी निर्वस्त्र किनमेलमा जाने व्यक्ति ताम उपनामका ३८ वर्षीय पुरुष हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .