हङकङमा कोरोना भाइरसबाट ११ जना संक्रमित, नेपाली सुरक्षित

हङकङमा कोरोना भाइरसबाट ११ जना संक्रमित, नेपाली सुरक्षित

मगेन्द्र राई
माघ १६, २०७६ बिहिबार १६:६,

हङकङमा घातक कोरोना भाइरसद्वारा संक्रमित हुनेहरुको संख्या ११ पुगेको छ। एक स्रोतका अनुसार बुधबार एक युवतीको स्वस्थ्य परीक्षण पश्चात संक्रमण पुष्टि भएकाे हो। तिनी एक वृद्ध दम्पतीका छोरी हुन्।

ती दम्पती चीनकाे वुहानबाट गत जनवरी २२ मा ड्रागन एयरको उडानबाट हङकङ आएका थिए। उनीहरु आएर पश्चिम काउलुन स्थित हाईस्पिड रेल टर्मिनस नजिकैको डब्लु होटलमा बसेका थिए। साथै हङकङका बिलासी महंगाे होटल रिज कार्लटन र फोर सिजन होटलमा समेत उनीहरु बसेको कुरा विभिन्न स्रोतले जनाएको छ।

हङकङमा अहिलेसम्म उक्त भाईरसबाट संक्रमित भए पनि अहिलेसम्म कसैकाे मृत्यु भने सकेको छैन। सन् २००३ मा फैलिएको सार्स महामारीले भने ३०० हङकङ बासीहरुको ज्यान लिएको थियो।

हङकङमा झन्डै ४०/५० हजारको हाराहारीमा बसोबास गर्दै आईरहेको नेपाली समुदायमा भने यो भाईरस संक्रमण भएको कुनै समाचार छैन। सार्सको महामारीमा समेत नेपालीहरु सुरक्षित रहेका थिए।

अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या १७० पुगेको छ भने विश्वभर ८००० को हाराहारीमा यस भाईरसबाट संक्रमित भै सकेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .