बिहीबार राति हङकङको ताइपोमा मिनिबस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
राति करिब साढे ८ बजे नामवान रोडमा गुडिरहेको मिनिबस पर्खालमा ठोकिँदा उक्त दुर्घटना भएको हो।
नामवान रोडबाट दायाँ माडेर क्वोङ फुक रोडतर्फ जाने क्रममा बस पर्खालमा ठोकिएको हो।
दुर्घटनाग्रस्त बसमा फसेका चालकलाई दमकलद्वारा उद्धार गरिएको थियो।
गम्भीर चोटका कारण अचेत अवस्थामा रहेका उनलाई एलिस होमिउ लिङ नेदरसोल अस्पताल लगिएको थियो। राति साढे ९ बजे उनलाई अस्पतालले मृत घोषित गरेको थियो।
हङ उपनाम रहेका चालकले बिहीबार आफ्नो सिफ्टको छैटौँ यात्रा गरिरहेका थिए।
दुर्घटनामा ५८ वर्षका अर्का एक पुरुष यात्री पनि घाइते भएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। साथै, घटनाका प्रत्यक्षदर्शीलाई घटनाबारे जानकारी गराउन आग्रह गरिएको छ।
99
Shares
प्रतिक्रिया