फुड बिजनेस रेगुलेसन (एफबीआर) अर्थात् खाद्य व्यापार नियमको बारम्बार उल्लंघन गरेको आरोपमा हङकङको ताइपोमा रहेको एक रेस्टुरेन्टलाई २१ दिनका लागि सञ्चालन निलम्बन गरिएको छ।
रेस्टुरेन्टले गैरकानुनी रूपमा आफ्नो व्यापार क्षेत्र विस्तार गरेको पाइएपछि खाद्य तथा वातावरणीय स्वच्छता विभागका निर्देशकले सञ्चालन निलम्बन गर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
ताइवो सेन्टरस्थित १५ ताइपो ताइवो रोडको भुइँ तलामा रहेका पसल नं. ३५ र ३६ मा सञ्चालित उक्त रेस्टुरेन्टलाई २९ नोभेम्बरदेखि १९ डिसेम्बरसम्म सञ्चालन गर्न नपाउने गरी निलम्बन गरिएको हो।
66
Shares
प्रतिक्रिया