जाडो बढेसँगै हङकङमा फैलियो फ्लु, बालबालिका बढी प्रभावित

अस्पतालका बालचिकित्सा इकाइमा बिरामी भरिन लागे
जाडो बढेसँगै हङकङमा फैलियो फ्लु, बालबालिका बढी प्रभावित

अन्तरक्रियाका क्रममा अस्पताल प्राधिकरणका अधिकारी (द स्ट्यान्डर्ड)


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १७:४९, हङकङ

जाडो मौसम सुरु भएसँगै हङकङमा अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै बालबालिकामा फ्लुको समस्या देखिएको अधिकारीहरूले बताएका छन्। जसका कारण बालचिकित्सा इकाइमा बिरामीको चाप ९७ प्रतिशत पुगेको अस्पताल प्राधिकरणले जनाएको छ।

शुक्रबार पत्रकारलाई सम्बोधन गर्दै पूर्वी अस्पतालका डा.लि क्वोक-पिउले दैनिक औसतमा दुई सय बालबालिका अस्पताल भर्ना हुने गरेको तथ्यांक प्रस्तुत गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनका अनुसार भर्ना हुनेमध्ये धेरैको श्वासप्रश्वाससम्बन्धी संक्रमणको उपचार हुने गरेको छ।

इन्फ्लुइन्जा मात्र नभई यस वर्ष धेरै प्रकारका भाइरसले बालबालिकालाई आक्रमण गरेको प्राधिकरणले बताएको छ।

स्रोतका अनुसार अस्पतालमा भर्ना हुनेहरूमा राइनो भाइरस, प्याराइन्फ्लुएन्जा भाइरस, एडेनो भाइरस लगायतबाट संक्रमितको चाप बढेको छ।

धेरै बालबालिकामा समस्या देखिन थालेपछि अस्पतालमा अकुपेन्सी दर बढेको र चिकित्सकहरूले अभिभावकलाई आफ्ना बच्चालाई जतिसक्दो चाँडो इन्फ्लुएन्जा र कोभिड विरुद्धको खोप लगाउन आग्रह गरिरहेका छन्।

‘बिरामीको चाप बढ्दै गएपछि अस्पतालहरूमा बेडको उपलब्धता बढाइएको छ,’ अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक डा.ल्यारी लीको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमले उल्लेख गरेका छन्, ‘एकै ठाउँमा चाप बढाउनुभन्दा बेड उपलब्ध हुन सक्ने अस्पतालमा बिरामीलाई पुर्‍याउनेतर्फ वातावरण निर्माण गरिनेछ।’

यसका साथै, नर्थ लान्ताउ अस्पतालमा रहेको हङकङ संक्रमण नियन्त्रण केन्द्र तयारी अवस्थामा रहेको र आवश्यक परे यसलाई समेत प्रयोग ल्याइने प्रमुख प्रबन्धक लीको भनाइ छ।

बिरामीको चापलाई ध्यानमा राखी सेवा दिनसक्ने अवस्थामा अस्पतालहरू रहनेमा प्राधिकरण विश्वस्त रहेको पनि प्रमुख प्रबन्धक लीले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .