टेनिस खेल्न बेलायतका नेपालीको टोली काठमाडौँमा, भविष्यमा हङकङमा पनि खेल्ने लक्ष्य

टेनिस खेल्न बेलायतका नेपालीको टोली काठमाडौँमा, भविष्यमा हङकङमा पनि खेल्ने लक्ष्य

मगेन्द्र राई
मंसिर २५, २०८० सोमबार १५:४८, हङकङ

बेलायतमा नेपाली समुदायद्वारा सञ्चालित ‘गोर्खा नेप्लिज टेनिस क्लब’ को टोली मैत्रीपूर्ण टेनिस खेल्न नेपाल पुगेको छ। ‘नेपाल-इन्डिया टुर’ अन्तर्गत उक्त क्लबका खेलाडीले १२ डिसेम्बरदेखि ७ जनवरीसम्म काठमाडौँ, पोखरा र दार्जिलिङमा मैत्रीपूर्ण खेल खेल्ने छन्।

क्लबले जानकारी गराएअनुसार उक्त टोलीमा पन्च पुन, क्याथरिन लामा, केभिन लामा, राजन फुयाल, नेइल पुन, हर्क गुरुङ, सुनिता लामा, सरोज राई र पाहुना खेलाडीको रूपमा चान तो फु रहेका छन्।

टोलीले १५ डिसेम्बरमा सातदोबाटोस्थित टेनिस सेन्टर, १८ डिसेम्बरमा दार्जिलिङ र २३ डिसेम्बरमा पोखरा रंगशालाको टेनिस सेन्टरमा खेल्ने तालिका रहेको छ।

भ्रमणको प्रमुख उद्देश्य नेपाल, दार्जिलिङ र बेलायतका टेनिस संस्थाबीच आपसी मित्रता, हित, ज्ञान र अनुभवको आदानप्रदान गर्दै भविष्यमा नेपाली टेनिसलाई उचाइमा पुर्‍याउने रहेको संस्थाका महासचिव मेजर सरोज राईले नेपालखबरलाई बताए।

सन् २०१७ मा बेलायतमा स्थापना भएको उक्त क्लबले वार्षिक ४ वटा प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

महासचिव राईले जानकारी गराएअनुसार संस्थाले भविष्यमा हङकङमा पनि खेल खेल्ने लक्ष्य राखेको छ। जसको माध्यमबाट नेपालमा जस्तै बेलायत र हङकङका नेपालीबीच पनि आपसी मित्रता, ज्ञान तथा अनुभवको आदान‍-प्रदानमा सहयोग हुने संस्थाको अपेक्षा छ।

हङकङ टुरको अहिले नै मिति तय भइ नसकेको तर छिट्टै नै यसबारे टुङ्गोमा पुगिने महासचिव राईले बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .