जाजरकोट भूकम्प पीडितलाई हङकङबाट सहयोग पठाइँदै

जाजरकोट भूकम्प पीडितलाई हङकङबाट सहयोग पठाइँदै

मगेन्द्र राई
मंसिर २७, २०८० बुधबार १३:३९, हङकङ

जाजरकोट भूकम्प पीडितका लागि हङकङबाट सहयोग गरिने भएको छ।

हङकङको एक मात्र बक्सिङ जिम तथा प्रोमोसन्स कम्पनी डेफ बक्सिङ प्रोमोसन्सले उक्त सहयोग जुटाउन लागेको हो। पहिलो चरणको सहयोगमा जाडोका लत्ताकपडा र कम्बल लगायत रहेका छन्। उक्त सामग्री नेपाल पठाउने तयारी भइरहेको जिमका प्रो. बक्सर तथा सिनियर प्रशिक्षक मिलन घलेले नेपालखबरलाई बताए।

प्रो. बक्सर तथा सिनियर प्रशिक्षक मिलन घले

त्यसैगरी दोस्रो चरणमा आगामी जनवरी १३ मा हुन लागेको बक्सिङ फाइटबाट उठेको रकम भूकम्प पीडितलाई उपलब्ध गराइने भएको छ।

जिमका सञ्चालक र बक्सिङका प्रोमोटर चिनियाँ हुन्। चिनियाँ सञ्चालकले नेपाललाई सहयोग कसरी तयार भए भन्ने नेपालखबरको जिज्ञासामा सिनियर प्रशिक्षक मिलनले भने, ‘नेपालमा तलमाथि केही भयो भने हामीलाई चिन्ता लाग्छ। त्यत्रो धनजनको क्षति हुँदा मन नदुख्ने कुरै भएन। केही नेपाली संस्थाले सहयोग सङ्कलन गरे। मलाई पनि सहयोग गर्न मन थियो। यत्तिकैमा बक्सिङ जिमका सञ्चालक जे लाउले यो प्रस्ताव राखे। हामीलाई त ढुङ्गा खोज्दा देउता मिले झैँ भयो। खासमा मिस्टर लाउ नेपालीप्रति अलि बढी नै सद्भाव राख्छन्। यसैले यो योजना जुरेको हो।’

टप रङ्क प्रोमोटर बब अरुमसँग जे लाउ (दायाँ)

डेफ बक्सिङले हङकङमा एसिया-प्यासिफिक लेभलसम्मका प्रो. बक्सिङ इभेन्टहरू सञ्चालन गर्दै आएको छ। भूपू डब्लूबीओ इन्टरनेसनल च्याम्पियन रेक्स सो जस्ता प्रसिद्ध बक्सर यसै जिमका उत्पादन हुन्। सुरेश गुरुङ, निवेश घले, मिलन घले, आशिष गुरुङ जस्ता नेपाली प्रो. बक्सर समेत यसै जिमका उत्पादन हुन्। उक्त प्रोमोसन्सले विश्वविख्यात बक्सिङ प्रोमोसन्स कम्पनी ‘टप रङ्क प्रोमोसन्स’सँग समेत सहकार्य गरिसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .