मकाउमा शेष घले संरक्षित एनआरएनएले गर्‍यो अधिवेशन, अध्यक्षमा सन्तोष गुरुङ

मकाउमा शेष घले संरक्षित एनआरएनएले गर्‍यो अधिवेशन, अध्यक्षमा सन्तोष गुरुङ

नवनिर्वाचित अध्यक्ष सन्तोष गुरुङ


नेपालखबर
पुस ८, २०८० आइतबार ११:३६, मकाउ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मकाउको शेष घले संरक्षित समूहले नयाँ नेतृत्व चयन गरेको छ।

२१ डिसेम्बरमा सम्पन्न भएको अधिवेशनबाट सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनिएको हो।

अधिवेशनले आईसीसी सदस्यमा पूर्णबहादुर गुरुङलाई चयन गरेको छ।

त्यस्तै, कार्यसमितिका सदस्यमा मनकुमारी गुरुङ, कलबहादुर तामाङ, सिर्जन तिमल्सिना, कृष्ण मगराती, हिममाया गुरुङ, श्यामकुमार श्रेष्ठ, टोलबहादुर राना, अनिता गुरुङ, सञ्जय अधिकारी, मनिता श्रेष्ठ, विनोद रेग्मी र महेश गिरी चुनिएका छन्।

यद्यपि, कार्यसमितिले पूर्णता भने पाइसकेको छैन। अधिवेशनपछि बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले समितिको आगामी बैठकमा कार्यसमिति विस्तार, पदीय जिम्मेवारी बाँडफाँट लगायतका काम गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष गुरुङले नेपालखबरलाई बताए।

कास्कीको पोखरा, माटेपानी जन्मथलो भएका गुरुङ सन् २००४ मा रोजगारीको सिलसिलामा मकाउ आएका हुन्। उनका पिता पूर्णबहादुरलाई भने छोरालाई बेलायती सेनामा भर्ती गर्ने चाहना थियो। तर, पिताको उक्त इच्छा विपरीत उनी मकाउ पुगे र उतै घरजम गरे।

मकाउमै सेटल भएका उनी घले स‌ंरक्षित एनआरएनए अध्यक्ष विनोद कुँवरको समूहबाट एनआरएनए मकाउको अध्यक्ष बनेका छन्।

मार्च २०२२ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घले संरक्षक रहेको समूहद्वारा काठमाडौँको होटल याक एण्ड यतिमा भएको महाधिवेशनबाट कुँवर अध्यक्षमा चुनिएका थिए। यो समूहले १६-१७ मार्च २०२४ मा काठमाडौँमा महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .