हङकङको चुनवानमा चोरी, नगद र गहनासहित १ लाख ६० हजार लुटियो

हङकङको चुनवानमा चोरी, नगद र गहनासहित १ लाख ६० हजार लुटियो

तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
पुस २९, २०८० आइतबार १३:३, हङकङ

हङकङको चुनवानमा रहेको भिलामा आइतबार बिहान चोरी भएको छ।

३८६ क्यास्टल पिक रोडमा रहेको घरबाट चार हजार पाँच सय हङकङ डलर नगद, २० हजार हङकङ डलर बराबरको विदेशी मुद्रा र एक लाख ३३ हजार मूल्यको गरगहना चोरी भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

चोरी भएको खबर ५६ वर्षीया महिलाले मध्यरातमा प्रहरीलाई गराएकी थिइन्।

घरको वरिपरि जडान भएको स्मार्ट सेक्युरिटी सिस्टमले चोरीको समयमा सुरक्षा गार्ड त्यहाँ नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

चोरीको यस मुद्दालाई चुनवानको जिल्ला अनुसन्धान टोलीले हेरिरहेको छ भने अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।

स्रोतको हवाला दिँदै द स्ट्यान्डर्डले जनाएअनुसार भिलाको मालिक हङकङकी कलाकार एल्भिना कङ यान-यिन हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .