(अपडेट) हङकङमा पदयात्रीको मृत्यु : फोटो खिच्ने क्रममा छालले हुत्यायो

(अपडेट) हङकङमा पदयात्रीको मृत्यु : फोटो खिच्ने क्रममा छालले हुत्यायो

पौडिएर बाँच्न सफल पुरुषको पामेला युड नेदरसोल इस्टर्न हस्पिटलमा उपचार भइरहेको छ (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
पुस २९, २०८० आइतबार १८:१, हङकङ

आइतबार दिउँसो हङकङको शेकओ नजिकै समुन्द्रमा डुबेर मृत्यु हुनेहरू मुख्यभूमि चीनका रहेको बुझिएको छ।

६ जनाको समूहमा पदयात्रामा हिँडेका उनीहरूमध्ये एक जना समुन्द्रमा खसेपछि बचाउने जाने अर्को एक जना सहित दुई जनाको मृत्यु भएको थियो।

पदयात्रामा गएकाहरू पारिवारिक सदस्य हुन्। समूहकी ५५ वर्षीया महिलालाई शेकओको ताइताउ चाउ क्षेत्रमा फोटो खिच्ने क्रममा छालले हुत्याएर समुन्द्रमा पुर्‍याएको थियो।

महिलालाई छालले बगाउन थालेपछि उनका दाजुहरू उनलाई बचाउनका लागि पानीमा हामफालेका थिए। तर, एक जना पौडिएर बाहिर निस्कन सफल भए भने अर्को दाजु र उनको पानीमा डुबेर मृत्यु भयो।

पदयात्री समूहमा महिलाका २७ र २९ वर्षका दुई छोरी तथा अर्का एक चिनियाँ आगन्तुक पनि थिए।

दाजुबहिनीको डुबेर ज्यान गएको क्षेत्र (ज्याक होको फेसबुक/एससीएमपी)

स्रोतलाई उद्धृत गर्दै एससीएमपीले लेखेअनुसार पीडित पहिला चट्टानमा उभिएर फोटो खिच्दै गर्दै छालले बगाएको थियो। लगत्तै उनका दाजुहरू पनि समुन्द्रमा हामफाले।

प्रहरी प्रवक्तालाई उद्धृत गर्दै समाचारमा लेखिएअनुसार यो सबै दृश्य देखेका उनीहरूकै समूहका आफन्तले आपत्‌कालीन सेवामा खबर गरेका थिए।

बहिनीलाई बचाउन पानीमा हामफालेका दाजुहरूमध्ये ५७ वर्षीयको मृत्यु भएको हो भने ६१ वर्षीय जेठा दाजु पौडिएर किनारामा आउन सफल भए। प्रहरीका अनुसार बाँच्न सफल पुरुष हङकङको आईडीवाला हुन्।

दुर्घटनाको खबर प्रहरीले दिउँसो १ बजे पाएको थियो। त्यसपछि पुगेका उद्धारकर्मीले पीडितहरूलाई बेहोस अवस्थामा उद्धार गरी चाइवानको पामेला युड नेदरसोल इस्टर्न हस्पिटल लगेका थिए। अस्पतालले उनीहरूलाई २ बजे मृत घोषित गर्‍यो।

घटनाबारे विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .