मंगल र बुधबार हङकङमा चिसो बढ्ने

मंगल र बुधबार हङकङमा चिसो बढ्ने

अनुमान गरेभन्दा चाँडो चिसो मौसम आएको मौसमविद् बताउँछन् (एससीएमपी)


नेपालखबर
माघ ७, २०८० आइतबार १७:१८, हङकङ

यो हप्ता हङकङमा चिसो बढ्ने अब्जर्भेटरीले जनाएको छ।

अब्जर्भेटरीका अनुसार आइतबारको तापमान न्यूनतम १६ देखि अधिकतम २१ डिग्री सेल्सियसको बीचमा रहनेछ। अहिले बेलुका ७ बजेकाे तापमान १९ डिग्री सेल्सियस वरिपरि रहेको छ।

तर, उत्तरी हावाको प्रभावका कारण सोमबार तापक्रम १० डिग्रीमा झर्ने र मंगलबारको न्यूनतम तापक्रम ७ डिग्री पुग्ने अब्जर्भेटरीको अनुमान छ।

चिसो मौसम अनुमान गरेभन्दा चाँडो आएको र उच्च भू-भागमा हिउँ समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्।

‘मंगलबार अत्यन्त चिसो हुनेछ। केही ठाउँमा पानी पर्न सक्छ,’ अब्जर्भेटरीलाई उद्धृत गर्दै एससीएमपीले लेखेको छ, ‘तापमान सहरी क्षेत्रमा ७ डिग्रीको हाराहारी र न्यु टेरिटोरिजमा यो भन्दा कम्तीमा २ डिग्री कम हुनेछ।’

मंगलबार समग्र हङकङको तापक्रम न्यूनतम ७ देखि अधिकतम १० डिग्री, बुधबार ८ देखि १२ र बिहीबार न्यूनतम ११ देखि अधिकतम १६ डिग्री सेल्सियस रहने अब्जर्भेटरीको अनुमान छ।

बिहीबारपछि पनि तापक्रम विस्तारै बढ्दै जाने अब्जर्भेटरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .