हङकङमा जब रेलको डिब्बामुनिबाट धुवाँ निस्कियो

हङकङमा जब रेलको डिब्बामुनिबाट धुवाँ निस्कियो

तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
माघ १०, २०८० बुधबार १२:२९, हङकङ

बुधबार बिहान हङकङको काउलुन तोङ स्टेसनमा एमटीआर ट्रेनबाट धुवाँ निस्किएपछि यात्रुहरू आतंकित बन्न पुगे।

बिहान करिब ९ बजे काउलुन तोङ स्टेसन आइपुगेको रेलबाट धुवाँ निस्किएको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

समाचार बताइए अनुसार एमटीआर कर्पोरेसनले रेलको डिब्बाबाट धुवाँ निस्केको पुष्टि गरिसेको छ। इस्ट रेल लाइन सेवाको एक रेलको डिब्बाट धुवाँ निस्केकोले सेवा केहीबेर अबरुद्ध हुनपुगेको कम्पनीले जनाएको हो।

रेलको मुनिबाट धुवाँ निस्कन थालेपछि सबै यात्रुलाई बाहिर निकालेर अग्नि सेवा विभाग (फायर सर्भिस डिपार्टमेन्ट)मा खबर गरिएको थियो।

घटनाको सूचना पाएलगत्तै विभागले १३ वटा दमकल, एक एम्बुलेन्स र र्‍यापिड रेस्पोन्स गाडी तैनाथ गरेको थियो भने घटनास्थलमा तुरुन्त अग्नि नियन्त्रकहरू पुगेका थिए।

विभागका अधिकारीले रेलको ब्रेकिङ सिस्टमबाट धुवाँ निस्किएको आशंका गरेका छन्।

घटनाबाट कुनै मानवीय क्षति भने भएको  छैन। यद्यपि, सोही रेलमा यात्रारत एक महिलाले अस्वस्थ्य महसुस गरेपछि उनलाई अस्पताल लगिएको थियो।

समस्या देखिएको ट्रेनलाई मङकक इस्ट स्टेसनमा थप निरीक्षणका लागि स्थानान्तरण गरिएको छ।

घटनाका कारण अबरुद्ध भएको रेल सेवा केहीबेर पश्चात् सुचारु भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको छ भने विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .