हङकङमा नयाँ वर्ष लक्षित नयाँ नोटको सटही सुरु

हङकङमा नयाँ वर्ष लक्षित नयाँ नोटको सटही सुरु

नेपालखबर
माघ ११, २०८० बिहिबार ११:२८, हङकङ

नजिकिँदै गरेको चिनियाँ नयाँ वर्ष ‘लुनार न्यु इयर’लाई मध्यनजर गर्दै हङकङका बैंकले नयाँ नोट सटही सुरु गरेका छन्।

तीन वटा बैंकले बिहीबारदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराएका हुन्।

एचएसबीसी, स्ट्यान्डर्ड चार्टर्ड र बैंक अफ चाइना बैंकका शाखाहरूमा आजदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउनेछन्। नयाँ नोट फेब्रुअरी ९ सम्म साट्न पाइनेछ।

साथै यी बैंकका शाखा आजदेखि तीन दिनसम्म बिहान ८ बजे खुल्नेछन्। खुलेको पहिलो घण्टामा विशेषतः नोट सटहीको सेवा प्रवाह हुनेछ।

तीनवटै बैंकले नोट सटहीका लागि अनलाइन बुकिङ सेवा पनि प्रदान गर्नेछन्। ग्राहकले अनलाइन बुकिङ गरेर बैंकको शाखामा गएमा लाइन नबसी नोट साट्न पाउनेछन्।

बिहीबारदेखि नोट सटही खुलेपछि बैंकका शाखामा सर्वसाधारणको भिड लागेको छ। मानिसहरू लामो लाइनमा बसेर नोट साटेका छन्।

यस्तै भिड बिहीबार बिहान सातिनको शाखामा पनि देखिन्थ्यो। लाइनको अग्रपंक्तिमा उभिएकी एनजी उपनामकी महिलाले बिहान करिब ६ बजे त्यहाँ पुगेको बताइन्। उनी हङकङ डलर २ हजारको नयाँ नोट साट्ने आशामा लाइनमा थिइन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .