हङकङ : चिनियाँ नयाँ वर्षमा ‘एभरेस्ट नाइट’ आयोजना, नेपालबाट आउँदैछन् यी कलाकार

हङकङ : चिनियाँ नयाँ वर्षमा ‘एभरेस्ट नाइट’ आयोजना, नेपालबाट आउँदैछन् यी कलाकार

मगेन्द्र राई
माघ १७, २०८० बुधबार २१:५४, हङकङ

हङकङमा चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर) को अवसरमा एभरेस्ट नाइट २०२४ हुने भएको छ।

उक्त साङ्गितिक कार्यक्रम हङकङको वानचाईस्थित ३५०० दर्शक क्षमता भएको कुइन एलिजाबेथ स्टेडियमको इन्डोर हलमा फेब्रुअरी ११ मा हुनेछ।

कार्यक्रमको प्रमुख आयोजक  मिस नेपाल हङकङ सोसाइटी हो भने  सहआयोजकमा एभरेस्ट क्रिएसन लिमिटेड, पशुपतिनाथ क्रिएसन, माई ह्याप्पी पान्डा लिमिटेड र एभरेस्ट इन्टरनेसनल ट्रेडिङ कम्पनी छन्।

कार्यक्रम स्टार गायकहरु राजेश पायल राई, सुशान्त केसी, समीर श्रेष्ठ, भ्वाइस अफ नेपाल सिजन-५ का फाइनलिस्ट नोगेन लिम्बु, दिकेश तामाङ, कमेडियन विवेक अग्रवाल,  हङकङका स्थानीय नृत्य समूहहरू ग्यालेक्सी डान्स स्टुडियो र डिभाइन डान्स स्टुडियोका कलाकारले पनि प्रस्तुति दिने सोसाइटीका अध्यक्ष लोक आङ्बुहाङले नेपालखबरलाई जानकारी गराए।

यति ठूलो हलमा त्यति धेरै नेपाली दर्शकहरु तान्न सकिएला भन्ने नेपालखबरको प्रश्नमा लोकले भने- मनोरञ्जन सम्पूर्ण मानव समुदायका निम्ति महत्त्वपूर्ण पाटो हो। यसले हाम्रो मानसिक तथा भावनात्मक अवस्थालाई सक्रिय गराई मस्तिष्कलाई ताजा बनाइदिन्छ, त्यसमाथि हङकङजस्तो व्यस्त ठाउँमा नेपालीहरुले मनोरञ्जनको बहाना खोजिरहेका छन्, गोजीमा दाम पनि प्रशस्त छ, त्यसैले कार्यक्रम सफल हुनेमा ढुक्क छौँ।

उनले थपे टिकट भकाभक गइरहेको छ, १५०० दर्शक तान्न सके हामी फाइदामा जान्छौँ।

कार्यक्रम आयोजक व्यक्तिहरुमा लोक आङ्बुहाङ, मनीष लिम्बु र एनिस लिम्बु छन्।

सोही दिन हङकङकै युनलोङ थिएटर हलमा लालीगुराँस नाइट पनि हुँदै छ।

हङकङ नेपाली कलाकारहरुका लागि उर्वर भूमि  साबित भइरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .