हङकङ : बिदा मनाउन जुवा खेलिरहेका ९ जना पक्राउ

हङकङ : बिदा मनाउन जुवा खेलिरहेका ९ जना पक्राउ

सामाजिक सञ्जालमा पोस्ट गरिएको सामसुइ पोमा अवैध जुवा खेलिँदै गरेको तस्बिर।


नेपालखबर
माघ २९, २०८० सोमबार ११:३५, काठमाडौँ

नयाँ वर्षको बिदा मनाउन सडकमा जुवा खेलिरहेका ९ जनालाई हङकङ प्रहरीले पक्राउ गरेको छ। यतिखेर हङकङमा लुनार न्यु इयर चलिरहेको छ।

पक्राउ परेका १८ देखि ५४ वर्ष उमेर समूहका पुरुषमध्ये एक जना स्थानीय र अन्य चिनियाँ रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका १८ वर्षीयलाई ओभरस्टेको समेत प्रहरीले आशंका गरेको छ।

हङकङमा अवैध जुवा खेल्नेलाई अधिकतम ९ महिनाको जेल सजाय र हङकङ डलर ३० हजार जरिवाना हुने कानुनी प्रावधान छ।

त्यस्तै, सडकमा गैरकानुनी कार्य सञ्चालन गरेमा दुई वर्षसम्मको जेल सजाय र हङकङ डलर ५० हजार जरिवाना हुन सक्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .